चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालुु” बजारमा आएको छ । नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको हो । बद्री पंगेनीले आवाज दिएका तीज गीतहरु चर्चित छन् ।
गीतमा बहुचर्चित सर्जक शिब हमालको लय तथा शब्द रहेको छ । बद्री पंगेनी र गायिका पुजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएको तीज गीतमा निर्देशन भने मोडल शंकर बि.सीले गरेका हुन् ।
राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेका म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त गीत “मेरो मायालुु” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ ।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...