-एनआरएनए एनसीसी अमेरिका:सुन्दरी गुरुङ महिला संयोजक पदकी उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका:सुन्दरी गुरुङ महिला संयोजक पदकी उम्मेदवार

Hollywood Khabar March 19,2021 Comments

हलिउडखबर, मार्च १९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा सुन्दरी गुरुङ महिला संयोजक पदकी उम्मेदवार हुनुहुन्छ।

नेपालको भोजपुर जिल्लामा जन्मेकी सुन्दरी गुरुङले काठमाण्डौको शंकर देव क्याम्पसबाट ग्राज्युएट र महेन्द्र रत्न क्याम्पस ताहाचलबाट दोश्रो ग्राजुयट गर्नु भएको छ। त्रिचन्द कलेजबाट समाजशास्त्रमा एमए समेत गर्नु भएकी गुरुङले साझा भण्डार भोटाहिटीबाट आफ्नो जागिर सुरु गर्नुभएको हो।

पढाई गर्दै गर्दाको समय देखि नेपाली महिलाहरुको लागि नारि सहयोग महिला सहकारी संस्थाको स्थापना गर्नुभयो। सहकारीको संस्थापक अध्यक्ष भएर महिलाहरुको आर्थिक र सामाजिक बिकास क्षेत्रमा काम सुरु गरेको कुरा उहाँले बताउनुभयो। आफूले त्यो समय आफ्नो १९ बर्षको उमेरमा नै महिला सशक्तिकरणका क्षेत्रमा अगाडि बढाएको त्यो संस्था अहिले १७ सय महिला सदस्य पुगेको बताउनुहुन्छ। यसको हालको कारोबार दशौ करोडको बराबरको पुगेको छ।

त्यसपछि नेपाल सरकारको तत्कालिन महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मंत्रालय अन्तर्गत बिभिन्न जिल्लामा महिला बिकास कार्यक्रममा पनि काम गर्नुभयो। सोहो क्रममा महिला विकास अधिकृत भएर धेरै जिल्लामा सेवा गरेको अनुभव पनि छ। १९९५ देखि २००५ सम्म सो सेवा गर्दा नेपालको प्रशासनिक ज्ञान, नेतृत्वदायी भुमिका र जिम्मेवारी बहन गर्न सक्ने क्षमता र अनुभव बटुलेको बताउनु सेमत बताउनु हुन्छ गुरुङ।

महिला बिकासमा काम गर्ने क्रममा संस्थागत विकासमा गहिरो अध्ययन रहेको जिकिर उहाँको रहेको छ। सोहि क्रममा अर्को हातेमालो नामको महिला बहुउद्देशीय सहकारी संस्थाको पनि संस्थापक अध्यक्ष भै २००० देखि २००५ सम्म काम गरेको बताउनुहुन्छ। सो सहकारीमा हाल ३५०० सदस्य रहेका र १५/१६ करोडको कारोबार गर्दै धेरै महिलाहरूको आर्थिक सशक्तिकरण र सामाजिक हैसियत बृदि गर्न योगदान दिएको कुरा बताउनुभयो।

२००६ मा डाइभर्सिटी (डिभि) भिसामा अमेरिकाको न्यूयोर्क आउनु भएकी सुन्दरी गुरुङ केहि बर्षदेखि न्यू हेम्शार राज्यमा बस्दै आउनु भएको छ। हाल उहाँ हेल्थ एण्ड ह्यूमन सर्भिस अन्तर्गत सेल्फ ईम्पोलोईड रहेको बताउनुहुन्छ। त्यहाँ बस्दै गर्दा विभिन्न सामाजिक संघ-संस्थाहरुमा नेपाली समाज, साहित्य समाज, जनजाति महासंघ (फिप्ना) जस्ता समाजमा पनि सक्रिय हुनुहुन्छ। यति मात्र होइन नेपाली भाषा कक्षा, कला संस्कृति सम्बर्धन र प्रवर्धन गर्न पनि लागि परेको कुरा उहाँले बताउनुभयो।

अमेरिकी सेन्सस २०२० मा एनसीसी अमेरिकाको न्यू हेम्शार च्याप्टर टाक्सफोर्स कोअरडिनेटर, कोभिड १९ टाक्सफोर्स सदस्य र ननपार्टिशन भेटिङ्ग सचेतना कार्यक्रम संयोजकको जिम्मेवारी समेत पुरा गरेको बताउनु हुन्छ। यो क्रममा संस्थामा राम्रो बजेट अमेरिकी सरकारबाट ल्याई काम गरेको अनुभव बताउनु हुन्छ गुरुङ। स्थानीय अमेरिकी राजनीतिमा सकृयता रहेको डेमोक्र्याटिक पार्टीको सकृय भोटर सदस्य भै चुनावी अभियामा समेत सहभागि भएको बताउनुहुन्छ। नेपाली अमेरिकी राजनितिका पहिलो धरोहरहरू ह्यारी भन्डारी, मदलषा गुरूङ्ग र छत्र कुमारी गुरूङ्गहरूको अभियानमा योग्दान पुर्याएको बताउनु भयो।

२०१२ मा गैरआवासीय नेपाली संघको आजीवन सदस्यता लिएको बताउने गुरुङ सुरू देखि सकृय हुदै गर्दा २०१७ देखि भने एनसीसी अमेरिकाको जिम्मेवारीमा रहनुभयो। २०१७ मा एनआरएनए एनसीसी अमेरिकाको न्यू हेम्शार राज्य च्याप्टरको महिला संयोजक भएर काम गर्नुभयो। २०१९ मा सोहि च्याप्टर उपाध्यक्ष हुँदै एनआरएनए एनसीसी अमेरिकाको महिला सशक्तिकारण कार्यदलमा कोचेयरको रुपमा सकृय योगदान दिएको बताउनु हुन्छ।

यो पटक २०२१-२०२३ कार्यकालको लागि भने सुन्दरी गुरुङ एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकको लागि प्रतिस्पर्धी हुनुहुन्छ। आफूसँग विगतमा नेपालमा महिला विकासका क्षेत्रमा काम गरेको अनुभव छ। एनआरएनए एनसीसी अमेरिकाको च्याप्टरमा २ कार्यकाल काम गरेको अनुभव अर्को थप कुरा छ। त्यसैका आधारमा अरु धेरै काम गर्न यो पटक महिला संयोजकको लागि अगाडी आएको कुरा उहाँले बताउनु भयो।

परंपरागत रुपमा त होइन तर एक किसिमले नेपाली अमेरिकी महिलाहरुको लागि आर्थिक र सामाजिक रुपान्तरणको बिकास गर्दै जानुपर्छ। हाम्रो नेपाली अमेरिकी समाजमा महिला सहभागिता बढाउने तर्फ आफ्नो योजना रहेको कुरा उहाँले बाउनुभयो।

आफ्नो यो पटक महिला आवाज, महिलाहरुको सामाजिक आर्थिक रुपमा स्तर विकास, सहभागिता, नेतृत्वदायी भुमिकाको विकास गर्न नै मुख्य योजना रहेको छ। यसका लागि संजालको बिकास, राज्य च्याप्टरका महिला संयोजकहरुको संयोजन र सशक्तिकरणमा समन्वयकारी भुमिका गर्दै अगाडी बढाउने हो। यसमा जातिय, राजनैतिक र अन्य कुराले बिभाजन भन्दा पनि सामुहिक रुपमा समावेसी तरिकाले अगाडी बढ्ने हो। स्थानीय स्तरमा रहेको संघ संस्थाहरूसंग हातेमालो र समन्वयकारी भुमिकामा काम गर्ने। नेपाली समाज र एनआरएनएको नेतृत्वमा महिलाहरूको उल्लेखनीय सहभागिताको लागि काम गर्ने।

एनआरएनएको अन्तराष्ट्रिय र अमेरिका दुवैको बिधानमा महिलाका बिषयमा खासै उल्लेख भएको छैन। तर हाल भारत पछि दोश्रो बढि नेपाली जनसंख्या भएको देश सम्भबत अमेरिका हो नै हो। त्यसमा पनि महिलाहरू आधा भन्दा बढि रहेको अनुमान गरिरहदा एनआरएनए एनसीसी अमेरिकाको बिधानमा ५० प्रतिशत महिला नेतृत्व पुर्याउन प्रयास गर्नेछु।

महिला सहभागिता तथा सशक्तिकरण कमिटीले पास गरेको कार्ययोजना र संरचनागत कुरा साधारणसभामा पेस भैसकेको छ। त्यसमा मैले धेरै योगदान दिएकी छु। त्यसलाई कार्यान्वयन गराउनको लागि मेरो उम्मेद्वारी अगाडि सारेको छु। पक्कै पनि मेरो उपस्थितले नेपाली समुदायका साथै विशेषगरि नेपाली अमेरिकी महिलाहरुको पहुँच एनआरएनमा पनि हाम्रो र राम्रो हुनेछ। आजको आवश्यकता एनआरएनमा महिला र युवाको सहभागिता भन्ने स्लोगनलाइ गुरुङले पनि उठाउनु भएको छ।