शुभद्रा भट्टराई

कविता -शीतले धरासँग प्रित लगाएका कुरा

Hollywood Khabar June 19,2017 Comments

शीत वर्षिरहेको छ तप....तप....  
शीतले कैले बर्सिन छाेडेन

उसले अाफ्नाे बिरानाे पनि भनेन
बर्षाैदेखि धर्ती रूझाइरहयाे 
ऊ बर्सि रहयाे 
कर्कलाकाे पातमा माेती झै
ऊ टल्किरहयाे
उसलाई देखेर कैले 
प्यासले तिर्खा मेट्ने प्रयास गरेन
प्रकृतिसँग सदियाैदेखि उसले
मूल्यविहीिन भएर प्रित लगाइरह्रयो
ऊ बर्सिरह्याे निरन्तर
निरन्तर बर्सिरह्यो ।

माटाे र चट्टानकाे काप फाेरेर
रसिलाे पारी उर्वर बनाउन
जुनकाे महिमा गाउँदै 
समयसँग संझाैता गरी
फूललाई प्रित सिकाउन
शीतल रसुन्दरताकाे उपमा दिन
ऊ शालीन भएर
साँझदेखि बिहानसम्म 
बाझाे धर्ती सिचिरह्याे
ऊ बर्सिरह्याे तप...तप....।

हाे साेचेनाै कैले हामीले 
उसका मर्म र धर्मका कुरा
बर्षादकाे पानी र कुलाेकाे लगानीसगै
अबमूल्यन गरिरहयाै
कैले थापेनाै बलेसीकाे तप्केनीमा
रित्ताे घडा
उपहास गरी सिकेनाै कैले
उपकारका कुरा
त्यसैले
सिक्नु छ अब
शालीनता ,सद्भाव
धीरता र समभावका कुरा
काब्यमा उतार्नु छ
जुन र शीतका 
सुगन्ध छरी उष्णता हर्न
विश्व हरियाली बनाउने 
प्रितले भरिएकाे महिमाकाे कुरा
शीतले धरासँग मीत लगाएकाे कुरा
शीतले धरासँग प्रित लगाएका कुरा ।
      = शुभद्रा भट्टराई,झापा मेचिनगर