सिड्नीमा नेपालि चेलीले बनाए पहिलो तीज गीतको भिडियो

Hollywood Khabar June 19,2017 Comments

‘पढ्न भनी सपना बोकी अष्ट्रेलिया आएँ, बिदेश आए मै छोरीले साह्रै दुख पाएँ भन्दै रातो पहिरनमा सिड्नीको ब्यस्त शहरमा करिब दुई दर्जन नेपाली चेलिहरू कम्मर मर्काई मर्काई नाचेका छन्।

गायिका मञ्जु पौडेलले तिजगीत मार्फत अष्ट्रेलिया आएर पाएको दुःखको तीजको भाका समेटिएको गीतको  भिडियोमा नेपाली चेली दुख पोख्दै सिड्नीको कोगरा शहरमा ढल्की ढल्की नाचेका हुन्।अनिता सुबेदीको शब्द र खुमन अधिकारीको लय रहेको गीतको भिडियोलाई विजय थापाले निर्देशन गरेका छन्।   

बि.एम. एस.फिल्मस वीरेन्द्रदीप मल्लले अष्ट्रेलिया सम्बन्धी गीत भएकाले सोहि अनुरूपको भिडियो बनाएको बताए।प्रवासीने नेपाली चेलिहरूको ब्यथालाई समेटिएको तिज गीतमा सिड्नीमा नै रहेका कुन्ती लिम्बु र पबित्रा न्यौपाने कंडेल मोडलको रूपमा प्रस्तुत भएका छन्।