-पूर्वमन्त्री शेरबहादुर तामाङ मन्त्रीपद पाउने सर्तमा नेकपा ओलीबा समुहमा

पूर्वमन्त्री शेरबहादुर तामाङ मन्त्रीपद पाउने सर्तमा नेकपा ओलीबा समुहमा

Hollywood Khabar February 19,2021 Comments

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिभाजनले बनेको नेकपा केपी शर्मा ओली (ओलीबा) र दाहाल-नेपाल (दाने) बिचको शक्ति प्रदर्शनका साथै नेता र कार्यकर्ता आफूतिर तान्ने क्रम जारि रहेको छ।

यसै क्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ फेरी मन्त्री पाउने सर्तमा नेकपा ओलीबा समुहमा प्रवेश गरेका छन्। यति मात्र होइन प्रदेश #१ की प्रदेशसभा सदस्य उषाकला राई पनि उनि संगै ओलीबा समुहमा प्रवेस गरेका छन्।

शेर बहादुर तामङ सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। माधब नेपाल गुटबाट त्यो समय कानुनमन्त्री भएका तामाङ बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राहरुका बारेमा भ्रमपूर्ण अभिव्यक्ति दिएपछि विवादमा आएका थिए। त्यो बखत उअनलाइ प्राधनमन्त्री ओलीले नैतिकताका आधारमा राजिनामा दिन लगाएका थिए।