शलाईट मिडियाको आयोजनामा दशैं फेशन नाइट २०१७

Hollywood Khabar September 11,2017 Comments

मनोज जंग थापा/काठमाडौं
रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ। चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु र्‍याम्पमा प्रस्तुत हुने छन्। राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा हुने उक्त शोमा नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने इभेन्ट म्यानेजर सनिल महर्जनले जानकारी दिए ।  डिनाज कलेक्सन, जोजालप्पा कलेक्सनको डिजाइनको ड्रेसमा मोडलहरु र्‍याम्पमा प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।
फेशन सम्बन्धी कार्यक्रम गर्ने रशलाईट मिडियाले एउटै स्टेजमा चर्चित मोडलहरुलाई प्रस्तुत गर्न लागेको छ । असोज ७ गते शनिबार बेलुका ५ बजेबाट सुरु हुने उक्त नाइटमा नेपालका लोकप्रिय चर्चित ब्राण्डहरुको सहयोग रहेको छ ।