संजय उवाच 

Hollywood Khabar June 01,2017 Comments

तेतिबेला
महाभारतकाे कुरुक्षेत्रमा भएको 
युद्ध वर्णन 
जन्मान्ध धृतराष्ट्रलाइ
प्रत्यक्ष प्रसारण गराउन 
संजय खटिएका थिए
यतिबेला तपाईं साैनकादिहरुलाइ
" धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता ".....
जस्ता साश्र्वत प्रसंगहरू सुनाउन
म स्वयं उपस्थित भएको छु
श्राेताह: सावधाना भवन्तु
अहिले राज्याशनमा
संहिता विहिन
रावण विराजित छ
थुप्रै धृतराष्ट्रहरू
राज्याराेहण र सन्तान माेहकाे
काला सपनाहरू बाेकेर
कतै चारतारे
कतै हसिया हथौड़ा 
त कतै मसाल अंकित ध्वजाहरुका साथ 
कागजि घाेडाले युक्त भएकाे
रथ बनाएर दाैडाइ रहेका छन
र भनी रहेका छन
हामी युद्ध हाेइन शान्ति चाहन्छाै
अरु सब मिथ्या हुन
हामी मात्र सत्यबादी हाै
अरु निष्ठाहिन हुन 
हामी मात्र निष्ठावान हाै
हाम्रो राजनीतिक प्रतिबद्धता भनेकै
राम राज्यको परिकल्पना हाे
तर म देखि रहेको छु
थाेत्राे र पुरातन वग्गीमा सवार
सबै सारथि र सेनापतीहरू
लाज पचेकाे नकचराे झै 
मैदानमा निर्वस्त्र 
नक्कली उड्डीशकाे वेसुरा तालमा
महा=ताण्डव नाचि रहेका छन
युद्धका यावत् नियमहरू ताेड्दै
अध्याराे गुफामा बसेर
काट्दै छन न्याय जाेख्ने
तराजुका सिक्रीहरू 
बनाइ रहेका छन न्यायमूर्तीलाई गान्धारी
याे क्रममा म संजय
असत्लाई सत् भन्न सक्दिन
झुठलाइ झुठ भन्नू मेराे कर्तव्य 
श्रवण गर्नु ऋषिमनहरुकाे दायित्व 
ल्मेक्षले पशुपति हाल्लायाे
पशुपति हल्लाउँदा पनि हल्लेनन्
अाफै बज्दैन पाञ्चजन्य शंख
छैनन् कृष्ण जस्ताे सारथि
"नराे वा कुञ्ज राे वा अश्र्वत्थामा हताेहत"
म शान्तिपूर्ण संझाैताकाे सूत्रधार
याे अन्तिम अध्यायबाट  भनी रहेकाे छु
भ्रष्टाचार र दुराचारका यावत् 
ब्यूहरचनाकाे भेदन गरि
स्वराष्ट्रलाइ धर्मक्षेत्र बनाउन
हे प्रिय भीष्मदेवहरू
उठ तिमी शरशैय्याबाट
खाेल अाफ्ना तिलस्मी अाखा
ताेड दूर्याेधनहरुकाे अहंकार 
खेद सकुनी पासाका जुवाडेहरू
भन कर्ण,अर्जुन र माण्डवीहरुलाइ
"कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन"
              (=ऋषभ घिमिरे,गाेदावरी )