-गीता बजगाईॅ अधिकारी, अक्टुवर २१, २०२२
साना साना हातले हामी कलम समाउॅछौ
अक्षर अंक लेख्दै पढ्दै ,स्कुलमा रमाउॅछौ
हजुरबा र हजुरआमासॅग खेल्न मन पर्नै
तिनै हुन् नि सधैभरि हामीलाई माया गर्नै
माया गर्नै मान्छेलाई ,हामी ठ्याकै चिन्छौ
हात समाई कथा सुन्दै सॅगैसॅगै हिड्छौ
चक्लेट विस्कुट पायौं भने हामी दंग पर्छौ
दॅात किराले खाएपछि रूॅदै ब्रश गर्छौ
कसैले गाली गर्यो कि त हामी ठुस्स पर्ने
बा आमालाई घुर्की लगाई पर पर सर्ने
घोडा वनाई कुदाउॅछौ बाबालाई कहिले
गल्ति आफ्नो भएपनि जित्नु पर्छ जहिले
गीता बजगाईं अधिकारीका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु