अन्तर्राष्ट्रिय स्तरको सैलुन अब राजधानीमै सञ्चालित

Hollywood Khabar September 17,2017 Comments

सुकदेव चापागाईं/काठमाडौं
कपाल काट्ने तथा फेसियल गर्ने विभिन्न सैलुनहरु राजधानीमा थुप्रै खुलेका छन् तर अन्तर्राष्ट्रिय ब्राण्डका सामानहरु प्रयोग गर्ने सैलुनहरु कम मात्रै छन् । धेरैको चाहना राम्रो र सुविधायुक्त ठाउँमा गई कपाल काट्ने तथा फेसियल गर्ने सोख हुन्छ ।
सैलुनहरुको भीडमा अहिले राजधानीको लाजिम्पाटमा अन्तर्राष्ट्रिय स्तरको सैलुन सञ्चालनमा आएको छ । लोरेल प्रोफेसनल स्टाईल अन मेट नामक हेयर एन ब्युटी सैलुन लाजिम्पाटमा सञ्चालनमा आएको हो । चितवन स्थायी घर भएका राज लामिछानेले उक्त सैलुन सञ्चालनमा ल्याएका हुन् । भारतको दिल्लीमा १५ वर्ष सैलुनको काम गरेर फर्किएका लामिछानेले करिब ५० लाख लगानीमा सैलुन सञ्चालन गरेका हुन् । अरुको देशमा काम गर्नुभन्दा आफ्नै देशमा काम गर्दा र अरुलाई रोजगारी दिन पाउँदा खुसी लागेको उनले बताए ।
अष्टेलियाको प्रख्यात ब्राण्ड लोरेलका सामानहरु मात्र यस सैलुनमा प्रयोग गर्ने गरिएको उनको भनाई छ । महिला तथा पुरुष दुवैका लागि सैलुनमा सुविधा हुने गरी कपाल काट्ने, फेसियल गर्ने लगायतका अन्य धेरै सुविधाहरुको व्यवस्था गरिएको लामिछानेले बताए । दशैं तिहारको अवसरलाई छोपेर यस सैलुनमा विभिन्न प्याकेजमा छुट हुने गरी स्कीम ल्याईएको उनी बताउँछन् । महिलाहरुको कपाल काटेको ७ सय रुपैंया र पुरुषहरुको कपाल काटेको ४ सय रुपैंया तोकिएको छ । यस सैलुनमा महिला तथा पुरुषहरुका लागि ब्युटी सम्बन्धी ४५ दिने विभिन्न प्याकेजका स्कीमहरु घोषणा गरिएको छ ।