*ऋषभ घिमिरे*

तिमी मलाइ धैर्यता र स्थिरताकाे पाठ सिकाउ

Hollywood Khabar June 30,2017 Comments

******** प्रकृति प्रेम ******** 
हे पालुवाहरू हाे 
तिमी मलाई पनि 
पल्लवित हुन सिकाउ 
हे मुस्कुराउदै फुल्ने फूल 
तिमी मलाइ पनि 
हास्दै पुष्पित हुन सिकाउ। 
हे अक्षरहरू हाे 
तिमी मलाई 
अाफ्नाे मन्त्र शक्तिकाे 
महानता सिकाउ 
हे वनस्पतिहरू हाे 
तिमी मलाई 
अाफ्नाे महाैषधिकाे 
विशिष्टता बताउ 
प्राण भर्न सिकाउ। 
पृथ्वी=जल=तेज=अाकाश र वायु 
तिमी हाम्रा महागुरू हाै 
अाफ्नै गतिमा उदाउने सूर्य 
तिमी मलाई 
न्यानाे दिने कला सिकाउ 
समय सारिणीकाे महत्व बताउ 
हे प्रकृतिका शाश्वत सत्यहरू हाे 
तिमी मलाइ 
धैर्यता र स्थिरताकाे पाठ सिकाउ ।              
                           =गाेदावरी