किसान 

Hollywood Khabar June 29,2017 Comments

किसान 
=======
सनातन परम्परा 
आज असार पन्ध्र 
एक राते दहिसंग 
ताईचिनकाे चिउरामा 
मायाकाे गुलियाेपना मिसाउदै 
तिमिलाइ बनाउन मन लागेको छ 
असारे बेहुली 

ब्याड भरीका बिउहरू
गरा भरी राेपेर 
मंसिरमा सुन फलाउने 
सुनाैलाे सदिच्छाका साथ 
बासन्ति रहरहरुलाइ 
बाछिटाहरुबाट नभिजाउन 
भोर्लाको घुमले छाेपेर 
जाेगाउनुछ असारकाे गर्भे हिलाे
हिलाम्पुर तिम्राे छातीमा 
ढकमक्क फुलाउन छ 
कलेजि कमल
नारिभरि सजिएका 
इन्द्रेणी चुराहरु जस्तै 
तरेलि परेका फाँटहरुमा 
राेपारेहरुले गाइरहेका 
भाकाहरू टपक्क टिपेर 
गाउन मन लागेको छ 
तिम्रै नाम को असारे गित 

मार्सि धानकाे हरियाे बिउ जस्तै 
तिमीले अाेढेकाे 
हरियाे पछ्याैरि अाेढेर 
मलाइ लेख्न मन लागेको छ 
किसानकाे कविता 
रंग फेरिने काँचका चुराहरुकाे 
झंकार बजाएर 
बाउसे सङै नाच्दै 
छ्यापेर दबदबे हिलाे 
सजाउन मन लागेको छ 
तिम्रो यौबन को असार 

तिमीले काटेर थालभरि सजाएकाे 
गुलिया अाँपकाे चिरा  बनेर 
तिमीलाई चखाउन मन लागेकाे छ 
असार को मिठास 
काेदालिकाे फालिले
सम्याउनु छ 
दु:खकाे कान्लाे
भर्नु छ सुखकाे भकारि
कहिल्यै नभत्कने गरि
फर्काउनु छ असारे कुलाे
झिकेर ठेकिकाे बिर्काे 
खन्याउदै फुलबुट्टे कचाैरामा 
यिनै मेरा हातहरुले तिमीलाई 
यस पालिको 
असारे दहि चिउरा खुवाउदै 
बनाउन मन लागेको छ 
अाफ्नै हृदयकाे प्रिय राेपार ।
     (=ऋषभ घिमिरे,गाेदावरी)