Rabina Thapa, NRNA NCC USA, VP and President Candidate

रविना थापाको अध्यक्ष पदमा उम्मेद्धारी घोषणा कार्यक्रम

Hollywood Khabar February 07,2017 Comments

रविना थापाले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी कार्यकाल २०१७-२०१९ को लागि अध्यक्षको प्रत्यासी भएपछि निर्वाचन अभियानमा पहिलो चरण पुरा गरेर आफु अब दोश्रो चरणमा पुगेको कुरा बताउनु भएको छ। एनआरएन एनसिसी अमेरिकाको वर्तमान उपाध्यक्ष रविना थापा उम्मेद्वाहरुमा फ्रन्टलाइनर हुनुहुन्छ।

आफ्नो दोश्रो चरणको कार्यक्रम भनेको उम्मेद्वारी घोषणा रहेको कुरा उपाध्यक्ष थापाले जानकारी गाउनु भयो। आफ्नो उम्मेद्वारी घोषणाको बिस्तृत कुरा भोली फेब्रेवारी ८, २०१७ मा जानकारी गराउने बताउनु भएको छ। फेब्रेवरी १८ या १९ मध्ये एक दिन औपचारिक रुपमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गर्ने कुरा उहाँले जानकारी गराउनु भयो।