-NRNA NCC USA:राम कुमार सुवेदी ICC सदस्यका उम्मेद्वार

NRNA NCC USA: उपाध्यक्ष राम कुमार सुवेदी ICC सदस्यका उम्मेद्वार

Hollywood Khabar April 22,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२3/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा वर्तमान उपाध्यक्ष राम कुमार सुवेदी ICC सदस्यका उम्मेद्वार भएका छन्।

नेपालको झापा जिल्लामा जन्मेका सुवेदीले नेपाली र जन प्रसाशनगरी दुइ बिषयमा एमए गरेका छन्। उसो त सुवेदी २२ बर्षको उमेरमा नै नेपालको सरकारी अधिकृत भएता पनि ५ बर्षमा नै जागिर छोडे। नेपालमा रहँदा नेपाल निजामति कर्मचारी संघको संस्थापक केन्द्रिय सदस्य रहेको बताउँछन सुवेदी।

२००२ मा उनी अमेरिका आएर केहि शहर त्यसमा पनि धेरै न्यूजर्सीमा बसे। हाल भने टेक्ससमा बस्दै आएका छन्। सुवेदी २०१५ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्य बनेका हुन्। २०१७-२०१९ मा उपाध्यक्षमा विजयी भएका सुवेदी यो पटक भने ICC सदस्यका उम्मेद्वार भएका छन्।

आफ्नो रोल अमेरिकाका अभियन्ताहरुलाई संघको IES मा पुर्याउनको लागि पहल गर्न हुने बताउँछन। यो पटक सदस्यता छनोट टिमको संयोजक समेत रहेका सुवेदी अन्तराष्ट्रिय परिषदको डेलिगेट्स छनोटमा फरक र पारदर्शिता ल्याउन जोड दिने कुरा बताउँछन्।