आँखामा रहन चाहें सदा आँसु झैं झर्न मन छैन
त्यो मनको मन्दिरबाट अन्त डेरा सर्न मन छैन
धेरै झर्यौ आसु जिन्दगीमा अझै कति झर्नेहो खै
बिन्ती आँसुको त्यो सागर मलाई तर्न मन छैन
जिन्दगीको मोडमा मेरो साथ अपुग भयो की के
नशाको सहारा लियौ किन प्रश्न गर्न मन छैन
झुठै सहि जिन्दगी वसन्तको हरियाली झैं ठाने
त्यो हृदयबाट पतझडको पात झैं झर्न मन छैन
लाग्थ्यो आड र भरोसा भएको छु गर्व गर्थें म
रक्सीको नशासंग यो माया तुलना गर्न मन छैन
आफ्नै आँखासामु आत्मबिश्वासको खडेरी देखें
रक्सीको नशासंगै हरेक बिहान उतर्न मन छैन
दिपक अभिमन्यू
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु