नवराज सञ्जेल आरजे, ललितपुर, फेब्रवरी १३, २०२३
विश्व रेडियो दिवसमा सर्वप्रथम रेडियो सुन्ने, रेडियोमा बोल्ने र रेडियोमा आफ्नो व्यवसाय अगाडि बढाउने सबैलाई शुभकामना ।धेरैलाई रेडियोको कुरा गर्ने हो भने रेडियो पनि सुन्छ्न र ?भन्ने प्रतिक्रिया आउँछ । दुःखको बेला सुनिने साधन रेडियो हुनसक्छ ।सजिलो, सस्तो ,भरपर्दो र सबैको पहुँच पुग्ने माध्यमको रुपमा रेडियोलाई लिने गरिन्छ।
२००७ साल चैत्र २०गतेबाट रेडियो नेपालको सुरुवात पश्चात नेपालमा आधिकारिक रुपमा रेडियो सुन्ने चलन अगाडि बढेको हो। यस्तै दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा एफएमको दुनियाँमा स्थापित नाम हो । हामी सबैलाई रेडियो मन पर्छ तर समयको परिवर्तनसँगै कतिपय अवस्थामा रेडियो माथि प्रश्न गरेको हुन सक्छ ।
पछिल्लो समय फेसबुक ,टिकटक युब्टुव लगायतका सामाजिक सञ्जालको प्रभावले रेडियोलाई पछाडि पारेको देखिन्छ तर अझै पनि अघिल्ला पुस्ताहरुको विश्वासिलो पात्र रेडियो नै हो। पसलमा होस् ,गाडीमा होस् या घरमा होस्।रेडियो नै माद्यम हो । केही पुराना रेडियो घरमा छन्।
विश्व रेडियो दिवसको अवसरमा अब हामीले नयाँ ढंगले कार्यक्रमहरु उत्पादन गर्ने ,प्रसारण गर्ने प्रण गर्न जरुरी छ । मलाई याद छ २०६० सालमा रेडियोमा बोल्ने सपना लिएर अगाडि बढ्दै गर्दा २०६२ देखि आजसम्म निरन्तर सामाजिक सकारात्मक प्रवाहका कार्यक्रमहरु चलाइरहेको छु ।
समयको परिवर्तनसँगै कैले माया पिरतिका कुरा, कहिले समाजका कुरा ,कहिले शिक्षाका कुरा, पछिल्लो समय नवीनतम समाज निर्माणका लागि प्रयासहरु निरन्तर चाल्ने क्रममा आदर्श सिद्धान्तमा रहेर रेडियो कार्यक्रम निर्माण चलिरहेको छ। पछिल्लो ज्वलन्त उदाहरण हो, रेडियो सगरमाथाले सुरु गरेको कार्यक्रम ललितपुर सरोकार। जनप्रतिनिधिसंग नागरिक जोड्ने कार्यक्रम । खासमा सकारात्मक कार्यक्रमहरु प्रसारण गर्दै जाने हो भने समाज परिवर्तन सम्भव छ ।
पछिल्लो राजनैतिक परिवर्तन सँगसँगै हरेक स्थानीय तहहरुमा सञ्चार सम्वन्धी गतिविधिहरु सञ्चालन गर्न कम्तीमा सय वाटका रेडियो स्थानीय तहले आफैं सञ्चालन गर्न सक्छन् । एफ एम भन्नेबित्तिकै निश्चित ठाउँका लागि मात्र सुनिने र श्रोताका लागि काम गर्ने हुनुपर्छ । प्रसारणलाई देशैभरी सुनिने पार्न हुन्न ।सिद्धान्तभन्दा बाहिर जानाले यसप्रतिको मोह कमहुन सक्छ। रेडियोमा बोलेर दैनिकी चलाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण हो ।कतिपय अवस्थामा बोल्नका लागि मात्रै बोल्नु या परिवर्तनका लागि बोल्नु अलग कुरा हो।
रेडियोको दुनियामा वास्तवमा कति जनाले रेडियो सुने भनेर भन्न सकिन्न ।जुन प्रश्नको जवाफमा संख्या भन्न सकिँदैन त्यो असीमित हो । असिमित स्रोताले खोजिरहेको रेडियो कस्तो त ? पछिल्लो समय रेडियो सञ्चालक तथा प्रस्तोताहरुले सोच्न जरुरी छ। हाम्रो आवाज र साथी रेडियो हो भन्नेमा दुविधा छैन तर कतिपय अवस्थामा रेडियो हेर्ने साधन पनि बनाउनुपर्ने अवस्था देखिन्छ ।
यस्तो अवस्थामा हामीले सरल र सहज भाषामा नेपाली नागरिकलाई बुझाउने हो भने नेपाली जनजीवनको साथि बन्न सकिन्छ ।नवीनतम समाज निर्माणका विषयवस्तुहरु ,श्रोताका आफ्नै आवाजहरु अनि दुःख सुखका कुराहरु जोड्नु पर्दछ। रेडियोमा काम गरिरहँदा यसले हामीलाई भविष्यमा सम्झना लायक बनाएको छ कि भनेर आत्मामूल्याकन गर्नु पर्छ । जनताका काममा रेडियोले समानुभूति दिन सक्नुपर्दछ। रेडियोकर्मीहरुले पनि आत्मबोध गर्नुपर्छ कि अबको समयमा कसरी श्रोता पढ्न सकिन्छ? कार्यक्रम अनुसार लक्षित वर्गमा कसरी पुग्न सकिन्छ ? परिवर्तन रेडियोबाट सम्भावना छ कि?
आजकल पनि रेडियोका कार्यक्रमहरुमा अतिथि पाउन गाह्रो छैन तर नकारात्मक र भ्रामक समाचारबाट टाढा रहन जरुरी छ। हाम्रो साहारा रेडियो बन्नुपर्छ । हामी रेडियोकर्मीहरुले अब रेडियो प्रतिको विश्वासलाई बढाउनुपर्छ। आगामी दिनहरुमा रेडियो सुन्ने श्रोताहरूको चाहना अनुसारका कार्यक्रमहरु उत्पादन गर्न सक्नुपर्दछ । रेडियोसँग सहकार्य गर्ने ,बजार व्यवस्थापन गर्ने कुरालाई पनि निरन्तरता दिनु पर्दछ ।कतिपय स्थानहरुमा रेडियो अझै पनि जोडतोडका साथ बजिरहेको हामीले सुन्यौं। रेडियोबाट हामीले संघीयता कार्यान्वयन, दिगो विकास निर्माणका कुरा स्थानीय तहका आवाजका कुरालाई जनप्रतिनिधि र नागरिकका बीचमा पुल बन्न सक्दछौं।
अत: विश्व रेडियो दिवसको अवसरमा पुनः सम्पूर्ण रेडियोकर्मीहरुलाई हार्दिक शुभकामना दिँदै स्रोताहरुका लागि सुन्न योग्य बनाउने ,श्रोताहरूको विश्वास फेरि पनि फर्काउने र हाम्रो विगत जति चुनौतीपूर्ण थियो अब वर्तमान पनि यस्तै अवसर युक्त बनाउन हातमा हात मिलाउँ।फेब्रुअरी १३ लाई सार्थकबनाउन पहल गरौं ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु