-एनआरएनए एनसीसी अमेरिका:उपाध्यक्ष पदका उम्मेदवार पूर्ण बानियाँ

एनआरएनए एनसीसी अमेरिका:उपाध्यक्ष पदका उम्मेदवार पूर्ण बानियाँ

Hollywood Khabar March 13,2021 Comments

हलिउडखबर, मार्च १३, २०२१

नेपालको राजधानी काठमाण्डौको रमणीय स्थानमा किर्तिपुर क्षेत्र चम्पदेवीमा जन्मनुभएका पूर्ण बानियाँ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा उपाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ।

चर्चित अमृत साइन्स कलेजबात आइएससी र त्रिचन्द्र कलेजबात बिएससी गरेपछि शंकरदेव क्याम्पसबाट एमबिए पुरा गर्नुभयो। कलेज जीवन देखि नेपाल बिधार्थी संघको राजनीतिमा रहनु भएका बानियाँले नेपाल ट्रेड युनियन कांगेसको केन्द्रिय सदस्य सम्मको जिम्मेवारी पुरा गर्नु भएको हो।

१९९८ मा अमेरिकाको वाशिंगटन स्टेटको सियाटल, कोलोराडो स्टेट हुँदै क्यालिफोर्निया पुग्नु भएका बानियाँले तिनै स्टेटमा कजेल अध्ययन गर्नुभयो।अन्तमा क्यालिफोर्नियाको डेभिसमा पड्दै गर्दा हाल सम्म सोहि स्थानमा बस्दै आउनु भएको छ। उसो त नेपाली जनसम्पर्क समिति अमेरिकामा पनि सक्रिय बानियाँ राजनीतिमा पनि बराबरी हुनुहुन्छ।

२०१४ मा एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्यता लिनुभएका उहाँले २०१५ मा क्यालिफोर्निया राज्य च्याप्टरको अध्यक्षको निम्मेवारी लिनुभयो। त्यसपछि एनआरएनए एनसीसीमा सक्रिय बानियाँ २०१७ र २०१९ को निर्वाचनमा पनि पर्तिस्पर्धि हुनुहुन्थो।२०१७ मा एनआरएनए आइसीसीको उज्यालो नेपालको टास्कफोर्समा सहसंयोजक भएर पनि काम गर्नुभएको हो।

उहाँले नेपाल र अमेरिका दुवै देशमा विभिन्न सामाजिक संघ-संस्थामा समेत काम र योगदान गर्नु भएको छ। अबको समय सामाजिक काममा मात्र बिताउने अठोट बोकेका बानियाँले यो पटक एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवार हुने निर्णय गर्नुभएको छ।