लोकसेवा आयोगमा नायब सुब्बा पदका लागि दरखास्त खुल्यो

Hollywood Khabar January 10,2017 Comments

लोकसेवा आयोगले १ हजार १ सय १२ जना नायब सुब्बा पदका लागि दरखास्त माग गरेको छ । लोकसेवाले बुधबार विज्ञापन जारी गर्दै निजामती सेवाका विभिन्न समूहमा नायब सुब्बा पदका लागि आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत ८ सय ९१ जनाको दरखास्त आह्वान गरेको हो । खुला प्रतिस्पर्धाबाट ४ सय ५८ जना छनौट हुनेछन् भने बाँकी आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।

जस्मा मध्यमाञ्चलका लागि १ सय ९८, पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चलका लागि ५ ७ र सुदूरपश्चिमाञ्चलका लागि ४३ नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा हुने भएको छ । प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नायब सुब्बा पदमा छनौट हुने आयोगको विज्ञापनमा उल्लेख छ । माघ १८ गतेसम्म दरखास्त दिन सकिने छ । न्यूनतम शैक्षिक योग्यता प्रविणता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्छ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुन तथा दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगलेजनाएको छ ।