प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको बताएका छन् ।
मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको समेत बताएका छन् ।
‘सरकारको यस कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम श्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न म नेपाल टेलिभिजन परिवारको ध्यान आकृष्ट गर्दछु’, प्रधानमन्त्रीको आग्रह छ ।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...