-लेखक रामसुन्दर के सीको पुस्तक प्रेमिल गन्तव्य विमोचन हुँदै

लेखक रामसुन्दर के सीको पुस्तक प्रेमिल गन्तव्य विमोचन हुँदै

Hollywood Khabar June 09,2022 Comments

ललितपुरको सुनगाभा साहित्य सदनको आयोजनामा साहित्यकार, लेखक एवं कुशल शिक्षक रामसुन्दर के सीद्वारा लिखित पुस्तक प्रेमिल गन्तव्यको विमोचन कार्यक्रम आयोजना गरिएको छ।

सुनगाभा साहित्य सदनको अध्यक्ष समेत रहेका के सीले थुप्रै कृति प्रकाशन गरिसकेका छन्। ललितपुर महाङ्काल गाउँपालिका, गोटीखेलको कोप रिसोर्टमा जेष्ठ २९ गते आयोजित उक्त कार्यक्रममा सुनगाभा साहित्यिक पत्रिकाको २१ औं अङ्क समेतविमोचन हुने भएको छ।

कार्यक्रममा कविता एवं गजल बाचन साथै महांकाल गाउँपालिका र गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं सम्मान समेत गरिने कुरा सदनको पेजमा उल्लेख गरिएको छ।