लाला बाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने,
पसिना सङ्ग साटेका डलरलाई योगदान भन्ने कि नभन्ने ।
परिवार मात्रै हैन उसको रेमिटेन्सले देशनै चलेको बेला,
मृत्यवरण गरि बाकसमा फर्की आउनेलाई सहिद मान्ने कि नमान्ने ।
संसार भरका प्रवासीहरुलाई उनिहरुकै पीडा सुनाए, वरिष्ठ मुक्तककार एबम नेपाल मुक्तक प्रतिस्ठानका अध्यक्ष रामकाजी कोनेले यो आइतबार सम्पन्न भयो।
गैरआवासीय नेपाली संघको भाषा, साहित्य कमिटीकोको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको अनलाइन श्रृङखलामा प्रवासका पीडा, देशको अबस्था, कोरानाको महामारी र माया प्रीतिका कुरा लगातार मुक्तकमा बगिरहे। श्रोताका कर्ण प्रिय बन्दै, कोनेका साथमा प्रवासका प्रभावी मुक्तककारहरु सङ्ग।
बोलिदै गए कोरियाबाट रामचन्द्र शर्मा, अमेरिकाबाट आनन्द श्रेष्ठ, कतारबाट सोतन्त्र नेपाल, रोमानियाबाट युवराज लामिछाने र इजरायलबाट सुचित्रा खनिया। बिचमा मुक्तकमै मिठास भर्दै रहे संचालकहरु नृपेश उप्रेतीले लन्डनबाट अनि भगवती बस्नेतले काठमाडौंबाट।
चोटिलो पोटिलो मुक्तक बिधा नेपाली साहित्यमा लोकप्रिय र बिश्वब्यापी हुँदै गएकोमा आफू मक्ख परेको अनुभव सुनाउदै कोनेले फेरि अन्तमा भने, धन्यवाद एनआरएनए र प्रवासी प्रवाह ! नेपाली साहित्यको सुगन्ध संसार भर फैलिदै गरोस ।
कार्यक्रम पुरै सुन्न कृपया एनआरएन साहित्यको यो लिन्क्कमा जानु होला।
https://www.facebook.com/113289480362194/videos/647355272582883/
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु