-चामल पक्राउ गरिएको जानकारी दिंदै कांग्रेसका गुरु बराल

मतदातालाई बाढ्न लगिएकोभन्दै एक ट्रक चामल नियन्त्रणमा

Hollywood Khabar November 28,2019 Comments

 १३मंसिर ,पोखरा।पोखरामा रातीराती चामल बोकेर गएको ट्रकलाइ काँग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।काँग्रेसका नेता गुरु बरालले भोलि शनिवार कास्कीमा हुन लागेको उपचुनावका मतदातालाई प्रभावित पार्न एक ट्रक चामल लगिएको हुनसक्ने आशंकामा ट्रकलाई नियन्त्रणमा लिएको बताए ।चामलको बोरा बोकेर निर्मलपोखरीतर्फ जाँदै गरेको  ग १ च १३६० नम्बरको ट्रकलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका  हुन् ।