https://www.youtube.com/embed/zJYs2lIWqQ8

-परिजिता बास्तोला अमेरिकी रियालिटी सो द भ्वाइसमा अर्को चरणमा प्रवेश

परिजिता बास्तोला अमेरिकी रियालिटी सो द भ्वाइसमा अर्को चरणमा प्रवेश

Hollywood Khabar October 18,2022 Comments

बिजय थापा, डिसी मेट्रो/अमेरिकाको मेरिल्याण्ड बस्दै आएकी नेपाली मुलकी परिजिता बास्तोलाले अमेरिकी रियालीटी सो द भ्वाइसको २२ औ संस्करणमा प्रतिस्प्रद्धिलाई पछि पार्दै अर्को चरणमा प्रवेश गरेकी छिन।

उनले गत अक्टोबर १८ मंगलबार भएको गायन प्रतियोगितामा द मारिलिन्ड्सलाई उछिन्दै अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन। १७ बर्षिय परिजिता बास्तोला अमेरिकामै जन्मेकी दोश्रो पुस्ताकी प्रतिभाशाली गायिका हुन्। उनलाई निर्णायक जोन लिजेन्डले बचाउ गरेका थिए।

गत मङ्गलबार अक्टोबर १८ मा उनको प्रतिस्प्रद्धा द मारिलिन्ड्ससँग भएको थियो। उनीहरूले बी गिजद्वारा “हाउ डिप इज योर लभ” नामक गीत गाएका थिए। तर अन्त्यमा लिजेण्डले परिजितालाई छनौट गरेका थिए। दुवैको प्रस्तुति अद्वितीय रहेको थियो भने निर्णायकहरुलाई दुईमा एक जनालाई छनौट गर्न मुस्किल परेको थियो।परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मुलकी अमेरिकी हुन्।