हलिउडखबर, मार्च १९, २०२१
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा सचिव (महिला) पदमा श्रद्धा अधिकारी उम्मेदवार हुनुहुन्छ।
नेपालको झापा, बिर्तामोडमा जन्मेहुर्केकी श्रद्धा अधिकारीले काठमाण्डौको ज्ञानेश्वरलाइ कर्मभूमि बनाउनु भएको थियो। पद्मकन्या क्याम्पसबाट ग्राजुएट गर्नुभएकी अधिकारीलाई अरुलाई जस्तै कलेज राजनीतिले छोडेन। नेपाल बिधार्थी संघमा सक्रिय अधिकारीले आफ्नो समयको कलेज राजनीतिलाइ एउटा आदर्श समय भएको मान्नुहुन्छ। पछि कान्तिपुर सिटी कजेलबाट आइटीमा पोष्ट ग्राजुएट गरेपछि भने उहाँले न्यू मिलेनियम इन्स्टिच्यूट सुरु गरेर कम्पुटर शिक्षा र सेवाको ब्यबसाय गर्नु भएको थियो।
२०१३ मा अमेरिकाको न्यूयोर्क आउनु भएकी अधिकारी पछि फ्लोरिडा सर्नुभयो। विगत ५ बर्ष देखि भने टेक्सस बस्दै आउनु भएको छ। हाल उहाँ पेशाले रियऌटर र आइटीको नेट्वर्किङ्ग ट्रेनिङ्ग संबन्धि ब्यबसाय पनि संचालन गर्दै हुनुहुन्छ। उसो त केहि सामाजिक संस्थामा पनि सक्रिय श्रद्धा अधिकारी नेपाली सोसाइटी टेकससको नेपाली भाषा बिधालयमा शिक्षिका भएर पनि काम गर्दै हुनुहुन्छ।
श्रद्धा अधिकारीले गैरआवासीय नेपाली संघमा आफ्नो अगाध लगाव रहेको कुरा हलिउडखबरलाइ बताउनु भयो। २०१५ मा पहिलो पटक गैरआवासीय नेपाली संघको सदस्य बनेकी अधिकारीले एनआरएनए एनसीसी अमेरिकाको २०१९ को निर्वाचनमा भने बोर्ड सदस्यमा प्रतिस्पर्धा गर्नुभयो। त्यसपछि एनआरएनए एनसीसी अमेरिकाको महिला शशक्तिकरण संबन्धि कमिटीमा को-चेयर भएर काम गदै हुनुहुन्छ।
यो पटक एनआरएनए एनसीसी अमेरिकाको सचिव (महिला) पदको लागि प्रतिस्पर्धी रहेकी अधिकारीलाइ एउटा स्पष्ट, निर्दिष्ट बोल्ने र काममा सक्रिय रहेन व्यक्तिको रुपमा धेरैले चिन्दछन। खासगरी नेपाली अमेरिकन समुदायमा महिलाहरुको व्यवसायिकता, आर्थिक र सामाजिक स्तर अभिबृद्धी गर्न योगदान गर्न नै आफ्नो फोकस रहेको कुरा अधिकारीले बताउनु भयो। हुन त आफू महिलावादी होइन तर प्रशाशन भनेको पुरुषले भन्दा महिलाले राम्रो चलाउँछन्। यो प्रमाणित नै भएको कुरा हो। त्यसै कारण यो पटक आफू सचिव पदमा उम्मेदवार भएको कुरा उहाँले बताउनु भयो।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु