-एनआरएनए एनसीसी अमेरिका:बिशाल राना बोर्ड सदस्य पदका उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका:बिशाल राना बोर्ड सदस्य पदका उम्मेदवार

Hollywood Khabar March 19,2021 Comments

हलिउडखबर, मार्च २०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा बिशाल राना बोर्ड सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ।

तनहुँ जिल्लाको भिमादमा जन्मनु भएका बिशाल राना नवलपरासीको कावासोतीमा हुर्किनु भएको हो। युवा हुँदा नेपाल बिधार्थी संघको राजनीति देखि विभिन्न सामाजिक कार्यमा समेत सकृय राना २०१६ मा अमेरिका आइपुग्नु भएको हो।

२०१७ को एनसीसी अमेरिकाको निर्वाचनमा पहिलो पटक सदस्य बनेका बन्नु भएका राना २०१९ मा बोर्ड सदस्यक अप्रत्यासी हुनुहुन्थ्यो। यो पटक नेपाली अमेरिकी समाजक युवाहरुको प्रतिनिधित्व गर्दै बोर्ड सदस्यका लागि प्रतिस्पर्धी हुनुहुन्छ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आउनु भएका राना सवै नेपालीको दु:ख सुखको सारथी पनि हुनुहुन्छ। रानाले सबै नेपालीहरु त्यसमा पनि युवाहरुको नेतृत्व गर्न आफू यो पटक आकांक्षी भएको कुरा हलिउडखबरसँगको कुराकानीमा बताउनु भयो। कोभिड १९ को समय थुप्रै नेपालीहरुलाई सपोर्ट गर्न सफल राना अन्य सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ।

धेरै ठाउँमा युवाहरुलाई कि त बराल्ने काम गरिन्छ कि प्रयोग मात्र गरिन्छ। हरेक ठाउँमा युवाहरुलाई मौका दिने एकदमै कम अवस्था हुन्छ। तर यो एनआरएनए एउटा सम्पूर्ण नेपालीहरुको साझा प्रतिनिधिव्त गर्ने संस्था हो। यसमा युवाहरुको जागरुकता हुनु जरुरी मात्र होइन आनिवार्य नै छ, रानाले भन्नुभयो।

एनआरएनए एनसीसी अमेरिकामा २०१७ देखि सक्रिय रहँदै आउनु भएका राना संघमा दोश्रो पुस्ता र युवालाइ बिशेष रुपमा हेर्नुहुन्छ। अहिले नै युवाहरुको प्रतिनिधित्व बढेमा भोलि पनि नेतृत्व बिकासमा हुन्छ र युवाको योगदान पनि हुन्छ।

बिशेषगरी नेपाली युवा र बिधार्थीहरुले अमेरिकामा भोग्नु परेका समस्या, मौका र भविष्यका लागि करियर बिकासका कुरा उहाँक फोकसमा रहेका कुरा हुन्। यसर्थ आफू आकांक्षी भएको कुरा रानाले हलिउडखबरसँग बताउनुभयो।