Krishna KC

NRNA NCC USA:पदाधिकारी, प्रमाणिकरणकर्ता र उम्मेद्वार एउटै व्यक्ति हुन मिल्छ त ?

Hollywood Khabar March 08,2019 Comments

कृष्ण के सी/अमेरिका/३/९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनको माहोल तात्दै गएको छ। बिधानत जुन १, २०१९ देखि नयाँ नेतृत्वले पदभार लिनुपर्छ।

यसै प्रसङ्गमा कार्यसमितीले २०१९-२०२१ कार्यकालको लागि सदस्यता वितरण फेब्रवरी १५, २०१९ बाट बन्द गरिएको छ। बिधान अनुसार फेब्रवरी २८, २०१९ सम्म सदस्यता दिनुपर्थ्यो, त्यसतर्फ कसैको ध्यान गएन।

तिनै अवधिमा बनेका सदस्यहरुको प्रमाणीकरण गर्न राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राम कुमार सुवेदीको संयोजकत्वमा परिषदका सहकोषाध्यक्ष पवन योञ्जन र मिडिया कोअर्डिनेटर बाल जोशी सदस्य रहेको कमिटी गठन गरिएको थियो।

सुवेदी कमिटीले साधारण तर्फका सदस्यता प्रमाणीकरण गरिसक्यो। अब पुराना देखिका लाइफ टाइम मेम्बरको अपडेट हुँदैछ। सबै सकेर यसै शनिवार अर्थात मार्च ९, २०१९ का दिन कार्यसमितिले निर्णयगरी निर्वाचन कमिटीलाई बुझाउने कार्यक्रम रहेको कुरा सुवेदीले जानकारी दए।

प्रशंसनीय कुरा; सुवेदी कमिटीका त्रय व्यक्तिहरुले सो कार्य समयसिमा भित्र नै धेरै परिश्रम गरेर सम्पन्न गर्दैछन। यसर्थ उनीहरु सबैका तर्फबाट धन्यवादी छन्।

स्मरणीय कुरा, कतै कति सुनिंदै आएको कुरा के छ भने तिनै सुवेदी कमिटीका सुवेदी आफैं र सदस्यहरु आसन्न निर्वाचनमा तिनै आफैंले प्रमाणीकरण गरेका मतदाताहरुले मत दिने निर्वाचनमा उम्मेदवार हुँदैछन। मैले सुनेको यो कुरा असत्य भएको होस्, त्यसो नहोस।

कुनै पनि कानुन र एनआरएनए एनसीसी परिषद बिधान, निर्देशिका कतै पनि यसो गर्न हुँदैन भनिएको भने छैन। तर सबै कुरा बिधान र कानुनमा छैन भन्दैमा जे पनि गर्न हुन्छ होला भन्ने कुरामा हामी विश्वस्त पनि हुन् सक्दैनौ।

कुनै पनि कानुनमा चरासँग बिहे गर्नु हुँदैन भनिएको छैन। तर कसैले कानुनमा छैन त्यसैले म चरासँग बिहे गर्छु भन्नु सान्दर्भिक होला र ?

यहाँ नेर प्रश्न उठेको कुरा चाहिँ के हो भने तत्कालका निर्वाचन कमिटी सदस्य र यस्ताखाले मतदाता छानविन या प्रमाणीकरण गर्ने अधिकारी सो प्रयोजनको निर्वाचनमा उम्मेदवार भएर जानु हुँदैन। तर निर्वाचन पश्चात हुने कुनै नियुक्तका पदहरुछन भने ग्रहण गर्न कुनै बाधा देखिंदैन। यो बिधान होइन व्यक्तिको नैतिकता र मान्यताका आधारमा गरिने प्राक्टिस हो।

जब कुरा नैतिकताको आउँछ तब कानुन, बिधि र बिधान होइन स्वयं व्यक्तिले आफ्नो नैतिकता देखाउने कुरा हो। पुजारीलाइ पुजारी बा भन्नुको अर्थ उनी सबैका पिता समान हुन्। अब पुजारीले त्यो रोल गर्न सक्दैनन् भने उनीलाई पुजारी हुनुको कुनै अर्थ छैन।

मैले यो लेखमा प्रष्ट रुपमा यो भदै छु की- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमरिकाको निर्वाचन २०१९ मा सुवेदी कमिटीका तिनैजना र वर्तमान निर्वाचन कमिटीका सबैले तिनै मतदाता हुने कुनै पनि पदमा उम्मेदवार हुन नैतिकताले दिंदैन। चाहे त्यो एनसीसीको पद होस या आइसीसीको पदमा होस।

तर काठमाण्डौमा हुने विश्व सम्मेलन तथा अधिवेशनमा भने यी व्यक्तिहरुलाई यस्तो नैतिक बन्देज छैन। हुन त अदालतमा बुद्धा परेका व्यक्तिलाई नै निर्वाचन प्रमुख बनाइएको ठाउँमा नैतिकताको कुन साख जोगिएला र।

संभवत यस्तो हुँदैन होला, संयोजक राम कुमार सुवेदी एउटा आदर्श परिवारको प्रतिनिधत्व गर्छन। उनको एक हर्कतले पनि पुरा साम्राज्यलाइ चोट पर्न सक्छ।