-एनआरएनए एनसीसी अमेरिका:अन्जन चौलागाईं महासचिवका उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका:अन्जन चौलागाईं महासचिवका उम्मेदवार

Hollywood Khabar March 18,2021 Comments

हलिउडखबर, मार्च १८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अन्जन चौलागाई महासचिवका उम्मेदवार हुनुहुन्छ।

सिन्धुपाल्चोकमा जन्मनु भएका अन्जन कुमार चौलागाईं एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा उम्मेदवार हुने कुरा हलिउडखबरलाइ बताउनु भएको हो। २००९ मा अमेरिका आउनु भएका चौलागाईं सुरु देखि नै न्यूयोर्क बस्दै आउनु भएको छ। २०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यत लिनु भएका चौलागाईं २०१९ को निर्वाचनमा महसचिवमा प्रतिस्पर्धी हुनुहुन्थ्यो।

उसो त चौलागाईं राजनीतिक रुपमा पनि खारिएका यूवा हुनुहुन्छ। शंकरदेव क्याम्पसमा नेपाल बिधार्थी संघ (नेवि संघ) को इकाई सभापती समेत भईसकेका ब्यक्ति हुनुहुन्छ। नेवि संघको पुर्ब केन्द्रिय सदस्य मात्र होइन र सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा पटक-पटक सदस्य भएर काम गरिससक्नु भएको थियो।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले जेल समेत भोगेका चौलागाईं ०६२-०६३ को आन्दोलनमा ३ महिना जेल बसे सेमत बसेको बताउनु हुन्छ।पछि उहाँलाइ सर्वोच्च अदालतले बन्दि प्रत्यक्षीकरण रिटका आधारमा रिहाई गरेको थियो।

अमेरिकाको नेपाली समाज बिभिन्न कुराले विभक्त छ।आफूले एनआरएनए एनसीसी अमेरिकाको महासचिवको हैसियतले संघ-संस्था, समाज, राजनीति, कला, धर्म, संस्कृति इत्यादि कुरालाइ संयोजन गरेर नितान्त्रता दिनमा प्रशानको हेडको रुपमा काम गर्ने बताउनु हुन्छ।

एनआरएनए भनेको राजनीतिबाट बाहिर छैन।हाम्रा सबैजसो मुद्दाहरु राजनीतिसँग गाँसिएका छन्। यति मात्र होइन एनआरएनए एनसीसीमा एउटा छुट्टै राजनैटिक ब्यूरो नै हुनुपर्छ र आफूले त्यसलाई स्थापना गरेर राजनैतिक क्षेत्रका सबै मुद्दाहरुलाई सहजीकरण गर्न भूमिका खेल्ने योजना चौलागाईको रहेको छ।

यसर्थ नेपाली अमेरिकी समुदायलाई एक बनाउने उद्देश्यका साथ अगाडी आएको हुँ, चौलागाईंले हलिउडखबरसँग भन्नु भयो। अब अमेरिका आएपछि नेपालको राजनीति भन्दा माथि उठ्नुपर्छ, राजनैतिक स्वार्थ भन्दा आम नेपाली समुदायको लागि एनआरएनए एनसीसी अमेरिकाले काम गर्नुपर्छ।

मेरो समाज सेवाप्रतिको सक्रियता हेरेर साथीभाईहरुको आग्रहमा मैले उमेद्वारी दिने निर्णय गरेको छु। म न्यूयोर्क मात्र होइन अमेरिकभरी नै सामाजिक काममा संलग्न हुन् चाहन्छु। सबै नेपाली अमेरिकनहरुको आफ्नो हुन चाहन्छु। त्यसैले सबै मतदाताको मत पाउने विश्वास गरेको छु।