-NRNA:एनआरएनए एनसीसी चीनको महिला फोरम

NRNA:एनआरएनए एनसीसी चीनको महिला फोरम गठन, क्षेत्रीय बैठकले तीन कुरा गर्ने

Hollywood Khabar June 10,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१०/१९

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीनमा महिला फोरम गठन गरिएको छ। गैरआवासीय नेपाली संघको एशिया तथा प्रशान्त क्षेत्रको महिला संयोजक जुनु गुरुङले हलिउडखबरलाइ दिएको जानकारी अनुसार जुन ९, २०१९ मा सो फोरम गठन गरिएको हो।

जुन ९, २०१९ मा चिनमा रहेका महिलाहरुको भेलाले एनआरएनए एनसीसी चीनकी महिला संयोजक रजिता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरिएको हो। कार्यक्रममा एनआरएनए एनसीसी चीनका अध्यक्ष सुरेश कुमार झा प्रमुख अतिथि र एनआरएनए एनसीसी हङकङकी अध्यक्ष टीका गुरुङ र मकाउ अध्यक्ष शान्ति अधिकारी अतिथिको रुपमा उपस्थित थिए।

स्मरणीय कुरा गैरआवासीय नेपाली संघको अन्य क्षेत्र भन्दा एशिया तथा प्रशान्त क्षेत्रका महिलाहरु बढी सकृय छन्। सामाजिक र अन्य गतिबिधि मात्र होइन महिला फोरम बनाउने, संघको गतिबिधिमा सहभागित हुने कुरामा पनि उनीहरुले अन्य क्षेत्रलाइ उछिनेका छन्।

क्षेत्रकी महिला संयोजक जुनु गुरुङले हरेक एनसीसी भएका देशमा एउटा एउटा महिला फोरम गठन गर्ने र महिलाहरुको लागि काम गर्ने योजना रहेको बताइन। पहिलो चरणमा महिला फोरम गठन गर्ने हो। अर्को कुरा हामीले गत बर्ष हङकङमा प्रथम क्षेत्रीय महिला भेला पनि सम्पन्न गरेका छौं। त्यो भेलाबाट केहि नीतिगत कुरा बनाएका छौं। अर्थात बेसिक कन्सेप्ट बनाइएको छ अब त्यसलाई कार्यान्वयन गर्ने हो।

अब अर्को महिना अर्थात जुलाई ६-७, २०१९ मा म्यान्मारमा क्षेत्रीय बैठक हुँदैछ। सो बैठकसंगै हाम्रो क्षेत्रीय महिला बैठक पनि दोश्रो हुँदैछ। यो बैठकले क्षेत्रका नेपाली महिलाहरुका बिषयमा मुख्यतया तीन कुरामा केन्द्रित गर्नेछ। महिला सहभागिता, महिलाहरुको ब्यबसायिक रुपमा बिकास र नेतृत्वमा महिलाहरुको प्रवेस। हामीले महिला फोरम संख्याको रुपमा भन्दा पनि उनीहरुको ब्यबसायिक बिकास नै मुख्य कुरा हो गुरुङले भनिन।

अन्तमा महिला फोरम चाइनाका सदस्यहरुको नाम:

  • Ranjita Acharya - Women Coordinator
  • Sabita Bartaula
  • Rashmi Jha
  • Manisha Sharma
  • Juna Gyawali
  • Dr. Karuna Rai
  • Dr. Krishita Rajlawot
  • Rakshya Sangroula
  • Serika Sapkota Kandel

Advisor

  • Amrita Thapa (ICC member)
  • Khushbu Agrawal