राजदुत राईलाइ NRNA जाम्बियाद्धारा स्वागत कार्यक्रम आयोजना

Hollywood Khabar January 19,2017 Comments

राजदुत राईलाइ NRNA जाम्बियाद्धारा स्वागत कार्यक्रम आयोजना
लुसाका ,जाम्बिया। गैर आबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदुत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तर्कृया कार्यक्रमको  आयोजना गरेको छ। कार्यक्रममा बोल्दै राजदुत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले ,सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा सलङन हुन अनुरोध गर्नु भयो। नेपाल सरकार ,राजदुतावश र आफु यस क्षेत्रमा रहेका नेपालीहरुको सुख दु:खमा सलङन हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताउनु भयो।
संघका जाम्बिया अध्यक्ष   बिदुर खनालले राजादुत राईलाई धन्यवाद दिदै ,जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र  बिकास अभियानमा सहभागि हुन चाहेको र त्यसका लागी दूतावासले समन्वय गर्न अनुरोध गर्नु भयो ।
उहाले एनआरएन कार्डमा सहजिकरण  र यस क्षेत्रका  नेपालीहरुको   अनलाइन रेकर्ड राजदुतावशले राख्नु  पर्ने बताउनु भयो। उहाले अगाडि भन्नु भयो विश्वकै आश्चर्य भिक्टोरिया फल्स रहेको जाम्बिया र हिमालहरुको सुन्दर देश नेपाल बिच पर्यटकको अनुभव आदानप्रदान र पर्यटन बिकासमा साझेदारी हुन सक्ने बताउनु भयो।