गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) तदर्थ समिति स्पेनको पहिलो बैठक तथा परिचयात्मक कार्यक्रम अध्यक्ष तुलसी गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।
एनआरएनए एनसीसी स्पेन तदर्थ समितिका अध्यक्ष तुलसी गुरुङको अध्यक्षतामा बसेको बैठकमा एनआरएनए आइसीसीका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष थर्क सेन, सचिव कृष्ण के सी, युरोप क्षेत्रीय संयोजक उल्का घिमिरे, युथ ब्राण्ड एमबेसडर दिपेश खत्रीको समेत उपस्थिति रहेको थियो। त्यसैगरी एनसीसी स्पेनका थुप्रै एनआरएनहरुको समेत बैठकमा उपस्थिति रहेको थियो।
बैठकमा एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवरले हाल सम्मका गतिबिधि, कानुनि प्रक्रिया र बैधानिक कुराहरुबारे प्रष्ट पार्नुभएको थियो। त्यसैगरी उपाध्यक्ष थरका सेन, सचिव कृष्ण के सी र आरसी उल्का घिमिरेले एनसीसीका गतिबिधि, सदस्यता, संस्था बिस्तार लगायतका बिषयमा सुझाव र जानकारी दिनुभयो।
बैठकले संस्था दर्ता लगायत कानुनि प्रक्रिया, सदस्यता, आगामी महाधिवेशन, नेपालीहरुको आम चासोका कार्यक्रम गर्न नीतिहरु तय गरेर छिट्टै गति लिने निर्णय गरिएको छ। तदर्थ समितिमा इच्छित र छुटेका व्यक्तिहरुलाइ समेट्दै जाने समेत निर्णय गरिएको छ।
धन्यवाद;
भोला लामिछाने
प्रवक्ता
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन
डिसेम्बर ४, २०२२
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु