-एनआरएनए एनसीसी अमेरिका:रामबाबु लुइटेल क्यालिफोर्निया च्याप्टर कोषाध्यक्ष पदका उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका:रामबाबु लुइटेल क्यालिफोर्निया च्याप्टर कोषाध्यक्ष पदका उम्मेदवार

Hollywood Khabar March 16,2021 Comments

हलिउडखबर, मार्च १६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निवाचन कार्यकाल २०२१-२०२३ मा रामबाबु लुइटेल क्यालिफोर्निया च्याप्टर कोषाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ।

काठमाण्डौको धापासीमा जन्मनु भएका रामबाबु लुइटेलले नेपाली र राजनितिक शास्त्रमा स्नातक गरेका गर्नु भएको छ। लुइटेलले आफुले क,ख,ग पढेकै स्थानिय सामुदायिक विद्यालय तिलिंगटार माविमा करिब १ दशक संस्कृत र नेपाली विषयको शिक्षका रूपमा काम पनि गर्नुभयो।

नेपाल शिक्षक संघको सदस्स्य भई शिक्षकको हक हितका लागी विभिन्न कार्यहरूमा सकृय भूमिका निर्वाह गर्नुका साथै नेपाल तरूण दल तथा नेपाली कांग्रेसको सकृय सदस्यको रूपमा कार्य पनि काम गर्नु भयको थियो। २०५८ सालमा धापासी गाउ बिकास समिति (गाविंस) को नेपाल तरूण दलको अध्यक्षको रूपमा भूमिका निर्वाह पनि गर्नु भएको हो।

२०५९ साल देखी २०७० साल सम्म राष्ट्र सेवक कर्मचारीको रूपमा नेपाल प्रहरीमा सेवा गरेपछि भने राजनितिबाट अलग हुनुभएको हो। बिगत ७ वर्ष देखी नर्दन क्यालिफोर्नियाको सान फ्रान्सिस्को वे-एरियामा वसोवास आउनु भएका लुइटेल मुलत संस्कृत भाषा, ज्योतिष शास्त्र तथा व्यवसायिक कर्मकाण्डका ज्ञाताको रूपमा चिनिनुहुन्छ। उहाँलाइ नेपाल प्रहरीका पनि सोहि रुपमा चिन्दथे।

सामाजिक क्षेत्रमा सान फ्रान्सिको साथै वे-एरियामा राम्रै पहिचान बनाउनु भएका लुइटेलले पछिल्लो समय अमेरिकामा रहेका नेपालीहरूलाई धार्मिक कृयाकलाप र प्रवचन मार्फत विशुद्ध सामाजिक कार्यमा साथ र सहयोग पुरयाउँदै आउनु भएको छ।

सवै जनमा आफ्नो राम्रो छाप र पहिचान बनाउनु भएका लुइटेलले आफुले केही गर्नुपर्छ र समाज, मानव सेवा, देश, राष्ट्रप्रेमका भावनाहरूलाई एकत्रित गर्दै विदेशमा रहेका नेपालीहरूलाई साथ सहयोग र एकवद्ध गर्ने पवित्र उद्देशय लिएको कुरा बताउनु भयो। त्यसैले आफूले यो गैरआवासीय नेपाली संघको अमेरिकाको आगामी चुनावमा उम्मेद्वारी दिने कुरा बताउनुभयो।