-गैरआवासीय नेपाली संघको बार्षिक साधारण सभा २०२३ सम्पन्न

गैरआवासीय नेपाली संघको बार्षिक साधारण सभा २०२३ सम्पन्न

Hollywood Khabar March 19,2023 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बार्षिक साधारण सभा “वंशज नागरिकताको निरन्तरता नै हाम्रा आवश्यकता” भन्ने नारा सहित यहि मार्च १९, २०२३ आइतबार नेपाली समय अनुसार साँझ ५ बजे संघका अध्यक्ष बिनोद कुँवरको सभापतित्वमा बसेर विभिन्न एजेण्डाहरुमा छलफल गर्दै निर्णयसाथ् सम्पन्न भएको छ।

सभाको प्रमुख अथितिमा संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले र बिशेष अतितिथिहरुमा निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन हुनुहुन्थ्यो। त्यसैगरी निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना घले गुरुङ, अग्रज दिल गुरुङको पनि अतिथितिको रुपमा उपस्थिति रहेको थियो।

सभामा अन्तराष्ट्रिय परिषदका सदस्यहरु, मानार्थ परिषद सदस्य, सल्लाहकार, राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु सदस्य र साधारण सभा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।