-एनआरएनएको महाधिवेशन र निर्वाचन बिधिसम्मत रुपमा हुन्छ, व्यक्तिको उर्दीले होइन:उपाध्यक्ष लामा

एनआरएनएको महाधिवेशन र निर्वाचन बिधिसम्मत रुपमा हुन्छ, व्यक्तिको उर्दीले होइन:उपाध्यक्ष लामा

Hollywood Khabar December 11,2021 Comments

कृष्ण के सी, अमेरिका, डिसेम्बर ११, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालका उपाध्यक्ष सोनाम लामाले संघको महाधिवेशन र २०२१-२०२३ को नेतृत्वको लागि हुने निर्वाचन एउटा व्यक्तिको उर्दीले हुँदैन बिधि सम्मत रुपमा मात्र हुन्छ भनेका छन्।

गैरआवासीय नेपाली संघको इतिहासमा १२/१५ बर्ष भन्दा लामो समय देखि लागि परेका लामाले अन्तराष्ट्रिय परिषद सदस्य, क्षेत्रीय उपसंयोजक (अमेरिकाज), क्षेत्रीय संयोजक (अमेरिकाज) हुँदै २०१९ मा संघको उपाध्यक्षमा बिजयी भएका हुन्। संघको सबैजसो मेगा प्रोजेक्टमा योगदान दिएको मात्र होइन व्यक्तिगत रुपमा पनि नेपालमा संघको नाम दुरुपयोग नगरीकन पर्यटन र अन्य क्षेत्रमा ब्यबसाय गरेका छन् लामाले। सामाजिक र धार्मिक विकासमा पनि उनको थुप्रै योगदान छ।

यो पटक अध्यक्षको लागि आफ्नो क्षमता हुँदाहुँदै पनि संघमा धेरै विवाद आयो, महाधिवेशन प्रतिनिधि चयन, राष्ट्रिय समन्वय परिषदहरुको अधिवेशनमा केन्द्रिय हस्तक्षेप र विभेदकारी कृयाकला बढेको छ। अब संघलाइ सधैंको लागि सबैको बनाउनको लागि योगदान गर्छु भनेका छन लामाले। त्यसै अनुसार नै आफू उम्मेदवार नहुने भन्दै आएका लामाले सोहि बिचार र प्रतिबद्धता अहिले पनि निरन्तर गर्दै आएका छन्। नेपालमा गैरआवासीय नेपाली संघको नाम चलाएर कुनै पनि ब्यबसाय गर्दा ५% संघलाइ दिनुपर्छ भन्ने आवाज उठाउने पहिलो व्यक्ति नै लामा हुन्। उनको सोहि बिचारलाइ हलको इमार्जिंङ नेपाल कम्पनीले पनि १% संघलाइ दिने ब्यबस्था गरेको छ।

हाम्रो संस्था एनआरएनए एकदम कठिन घडीमा पुगेको छ। यस्तै हो भने टुक्रेर ३/४ वटा हुने अवस्थामा पुगेको छ। यसलाई जोगाउनको लागि बिधि सम्मत रुपमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नको लागि उनि लागि परेका छन्। यतिबेला कतिपय उम्मेदवारहरु जित्नको लागि छन् त कतिपय एनआरएनहरु कसैको प्रचारको लागि ब्यस्त छन्। कतिपय संघको नाममा आफ्नो ब्यबसाय गर्न तल्लिन छन् भने कतिपय अलमलमा छन्। तर पनि लामा संघको भविष्यको लागि नियमित रुपमा खटेका छन्।

खासगरी संघका अध्यक्ष कुमार पन्तले संघको बैठक बसेर, निर्णय गरेर जानुको सट्टा एकलौटी रुपमा उर्दी जारि गर्दै गलत बाटोमा जाने, कसैलाई पनि थाहा नै नदिने, बिधि सम्मत रुपमा नजाने, भित्र-भित्र मनलाग्दी गर्दै जानाले नै यस्तो समस्या आएको हो। सँस्थामा विमति हुन्छ, विवाद हुन्छ तर त्यसलाई समाधान गर्दै जानुपर्छ। कसैलाई लाखा र कसैलाई पाखा गर्दै जानु हुँदैन। यहि कारण नै हामी अहिले दुर्घटनाको स्थितिमा पुगेका हौँ भन्ने लामाको ठहर छ।

महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन, जापानको समस्या उस्तै छ, वास्तविक एनआरएनहरु भएको देशका लागि विभेद गरिएको छ। महाधिवेशन गर्न आन्तरिक रुपमा कुनै योजना छैन, महाधिवेशनको लागि केहि पनि तयारी गरको छैन, केवल चुनाव गर्ने कुरा मात्र गरेर हुँदैन। संघमा म र अरु पनि निर्वाचित भएर जिम्मेवारीमा रहेका व्यक्तिहरु छौं। हाम्रो कुरा नहुने अनि अन्त कसैको कुराले संघ चल्ने हुन्छ ? लामाको प्रश्न छ।

अहिले कतिपयले हावामा पालोफेरो नेतृत्व दिने, टिको लगाउने, भागबण्डा गर्ने जस्ता मनलाग्दी कुरा गरेका छन्। ति सबै व्यक्तिका हावादारी बिचार होलान तर संघमा यस्ता कुरा कदापि हुँदैन। यो एनआरएनए भनेको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ। एनआरएनए एउटा बिधिले चल्छ, समस्या समाधान गरेर महाधिवेशन गरेर बिधिबाट नयाँ नेतृत्व चयन गर्नुपर्छ। यो नै हाम्रो लागि सहि कुरा हो, लामाले भने।

तर यहाँ समस्या समाधान गर्नुको सट्टा सरकारसँग नै मुद्धा मामिला गर्ने, दोष लगाउने, जिम्मेवार व्यक्ति भएर पनि जथाभावी बोल्ने काम भएको छ। यो गलत कुरा हो, यसले एनआरएनएलाइ दुर्घटनातिर लैजान्छ। यो संघ हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको हो। यसमा कोहि व्यक्तिको इच्छा र पक्ष-विपक्षले हुँदैन। हामी बिचका समस्या समाधान गरेर बिधान र बिधि अनुसार महाधिवेशन गरेर, निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेर जानुपर्छ। यसो गर्दा निष्पक्ष भएर जानुपर्छ को जित्छ या को हार्छ भनेर जानु हुँदैन। यो एउटा संस्थागत प्रकृया हो, उर्दीले होइन बिधि अनुसार जानुपर्छ, लामाले भने।