-गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलन डिसेम्बर ९-१२ मा, निर्वाचन २ दिन हुने

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलन डिसेम्बर ९-१२ मा, निर्वाचन २ दिन हुने

Hollywood Khabar November 11,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन यहि २०२१ को डिसेम्बर ९, १०, ११ र १२ मा हुने र अनलाइन निर्वाचन डिसेम्बर १०-११ गरी २ दिन हुने भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार डिसेम्बर ९-१२, २०२१ मा १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठ्माण्डौमा हुने भएको हो। गत अक्टुवर २३-२५, २०२१ मा तय भएको सो महाधिवेशन तथा सम्मेलन संघको महाधिवेशन प्रतिनिधिका चयनका कारण रोकिएको थियो।

अब डिसेम्बर ९, २०२१ मा उद्घाटन र बन्द सत्र हुनेछ भने डिसेम्बर १० र ११ मा अन लाइन निर्वाचनका साथमा सँस्थाका प्रस्तावहरु पारित गर्नको लागि प्रस्तुत गरिने छन्। डिसेम्बर ११ मा निर्वाचनको नतिजा प्रकाशन गर्दै १२ डिसेम्बर २०२१ मा महाधिवेशन समापन हुने कुरा अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो।

यसका साथै महाधिवेशन तयारी समितीहरु बन्नुपूर्व महाधिवेशन प्रतिनिधिहरुका बिषयमा छिट्टै टुंगो लगाइने छ। यसका लागि भनिएका युरोप लगायतका ६ देश र जापानको बिषयमा पहिला टुङ्गो लगाइने छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुका प्रतिनिधि भने पछिल्लो पटक २०२१ मा निर्वाचित कार्यसमितिले पठाए अनुसार नै चयन हुनेछन्। अध्यक्ष पन्तले भन्नुभयो।