-चेतनाथ कनेल, काठमाडौँ, मे २७, २०२२
**यो कविता होइन, कथा र व्यथा हो, राष्ट्रका नाममा**
यता आफ्नै साथीहरूको प्रस्ताव छ बनाउने
उता आफ्नै साथीहरूको प्रस्ताव छ रोक्ने
अदालतका निर्णय त के के हुन्छन् हुन्छन्,
आज एउटा निर्णय हुन्छ, भोलि अर्को निर्णय हुन्छ,
रञ्जन कोइरालाकै निर्णय काफी छ बुझ्न
र, अरु पनि धेरै धेरै निर्णय छन् पर्गेल्न
तर, स्वच्छ ‘जनताको मनको अदालत’ के भन्ला ?
बागमती, लुम्बिनी, गण्डकीले पाए अन्तर्राष्ट्रिय विमानस्थल
उता धनगढी विमानस्थल विस्तार हुँदैछ
यता विराटनगर विमानस्थल पनि तात्तिएकै छ
सुर्खेत विमानस्थल पनि के नतात्ला र ?
आखिर एक प्रदेश, एक अन्तर्राष्ट्रिय.विमानस्थलको सोच राम्रै हो !
पर्यटकीय देश नेपालको
पच्चीस, पचास वर्षको दूरदृष्टि अहिल्यै राखौँ
थाहा छ, वन पनि प्यारो छ हामीलाई
थाहा छ, पर्यटन पनि प्यारो छ हामीलाई
वर्षौ पछाडि परेको मधेस प्रदेश पनि झन् प्यारो छ हामीलाई
दलीयकरण त विमानस्थल हुनै सक्तैन
राजनीतिकरणको चपेटामा त विमानस्थल पर्नै हुँदैन !
हेटौँडापूर्वको झण्डै आधा नेपालको भूभागलाई
राजधानीसँग शीघ्र जोड्ने फास्ट–ट्र्याक
केवल निजगढ विमानस्थलसँग जोडिएको सूत्र होइन
विमानस्थल नै नबने पनि यसलाई मुटु मानौँ
एउटा गतिलो रक्तसञ्चार मानौँ
प्रदेश एक र मधेस प्रदेशलाई
काठमाडौँसँग जोड्ने सच्चा द्रुतपथ मानौँ
त्यो बन्नैपर्छ, शीघ्र पूरा हुनैपर्छ
न्ेपाली सेना तात्तिएको छ, रातदिन खटेको छ
आशा गरौँ छिट्टै पूरा हुन्छ ।
शंका छैन,
मधेस प्रदेशलाई पनि एउटा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ
पाँच वर्ष लाग्ला, दश वर्ष लाग्ला, अवश्य चाहिन्छ
तर, अब प्रदेशकै सक्रियतामा
पहल थाल्नुपर्छ, बहस चल्नुपर्छ
निजगढ हरितकुञ्ज जोगाउने नै हो भने
मधेस प्रदेशले भनोस्
कहाँ बनाउँदा ठिक ?
सिमरा ?
जनकपुर ?
अन्यत्र ?
कहाँ ?
जहाँ जनता–जनार्दनले ‘पायक’ पनि भनोस्
हरित–पर्याले ‘लायक’ पनि भनोस्
अपेक्षित पाहुनाले ‘लाइक’ पनि गरून्
हामी सबै भन्छौँ समवेत स्वरले,
लठ्ठी पनि नभाँचियोस्, ...... काम पनि बनोस्
र;
यही पर्खाइ र हेराइको क्षणमा नै
सोध्नैपर्छ भने
सोधौँ मोदी–मनलाई आजै
हामीलाई कुन रुट पक्का दिन्छौ ??
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु