-अमेरिकाका लागि नव नियुक्त राजदुत प्रा श्रीधर खत्री वाशिंगटन डिसीमा

अमेरिकाका लागि नव नियुक्त राजदुत प्रा श्रीधर खत्री वाशिंगटन डिसीमा

Hollywood Khabar March 11,2022 Comments

विजय थापा, डिसी महानगर क्षेत्र, अमेरिका

अमेरिकाका लागि नव नियुक्त राजदुत प्रा श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका आउनु भएको छ। उहालाई विमानस्थलमा स्वागत गर्न राजदुतावासका कार्यबाहक राजदुत कुमार राज खरेल, महा बाणिज्यदूत प्रेम राजा महत लगायत दुताबास परिवार त्यहाँ पुग्नु भएको थियो ।

प्रा खत्रीले एमसीसी संसदबाट पारित भएकोमा अब अझ अमेरिका र नेपाल बीच सम्बन्ध राम्रो हुन्छ भन्ने बताउनु भयो। साथै अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गर्ने आफू विश्वस्त भएको बताउनु भयो।

राजदूत प्रा श्रीधर खत्रीले गत बुधबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नु भएको थियो।

नेपाल सरकारले केही महिना अगाडी एकै पटक अमेरिकाका लागि प्रा खत्री, भारतका लागि डा शंकर शर्मा, वेलायतको लागि ज्ञानचन्द्र आचार्यलाई राजदुत मनोनयन गरेको थियो। बेलायतका राजदुत ज्ञानचन्द्र आचार्य बेलायत पुगी सक्नु भएको छ ।

प्राध्यापकखत्री नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिमध्येका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिनु हुन्छ। उहाँले लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरि सक्नु भएको छ।

खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुनुहुन्छ।

राजाको शासनकालमा नेपालका हस्ती कूटनीतिज्ञ पदमबहादुर खत्रीका छोरा श्रीधर खत्री कूटनीतिक र सुरक्षाको मामिलामा पिताको जस्तै अध्ययन गरेका व्यक्ति मानिनुहुन्छ।

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. संबन्धि समाचारहरु:

नेपाली राजदूतावासद्वारा बोस्टनमा २०० भन्दा धेरै निवेदकहरुलाई घुम्ती कन्सुलर सेवा प्रदान

नेपाली राजदूतावासले बोस्टनमा घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्दै

म्यासाच्यूसेट्स राज्यको बोस्टनमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना –

Embassy of Nepal, Washington DC, USA

क्यालिफोर्निया: लस एन्जलस र सान फ्रान्सिस्कोमा घुम्ती कन्सुलर सेवा संचालन हुँदै

नेपाली राजदूतावासको कन्सुलर सेवा तथा ब्रेनगेन कार्यक्रम अगष्ट ७-८ वासिङ्गटन स्टेट सियाटलमा

ब्रेन गेन कार्यक्रमको यूट्यूब भिडियोhttps://studio.youtube.com/video/oegn-0xx7WM/edit?c=UC4ADrlKUkh46Sth795Tiz2A

अमेरिकामा पहिलो पटक नेपाली राजदूत कप गल्फ प्रतियोगिता हुँदै

दुताबास, महावाणिज्यदूत ढकाल र NANC को संयुक्त आयोजनामा सान फ्रान्सिस्कोमा कन्सुलर सेवा

https://www.hollywoodkhabar.com/nepal-businessforum-acsherpa2019

बाणिज्यदुत शेर्पाको आयोजनामा बिजनेश सम्मेलन हुँदै, महामहिम डा कार्की प्रमुख अतिथि, गभर्नर बिशेष अतिथि

नेपाली दुतावास अमेरिकाको Outreach Program क्यालिफोर्नियामा