कृष्ण के सी/अमेरिका
जुलाई २७, २०१८ देखि प्रदर्शनमा आएको नेपाली चलचित्र चिँ मुसी चिँ का प्रस्तुतकर्ता मध्येका एक प्रिन्स युवराज कार्कीलाइ चलचित्रबारे जिज्ञासा राख्दा उल्टै दर्शक प्रतिकृयाको लागि अनुरोध गरे। त्यसपछि चिँ मुसी चिँ बारे संबद्ध पक्ष र केहि दर्शकहरुको प्रतिकृया लिने प्रयास गरियो।
बानेश्वरकी माधवी मैनाली: हजुर म आज चिँ मुसी चिँ हेर्न गयको थिएँ। बास्तवमा फिल्म राम्रो रहेछ। फिल्म सस्पेन्स खालको रहेछ। अन्तिममा मात्र रहस्य खुल्छ। फाइट आर्ट राम्रो लाग्यो। स्टोरी राम्रो छ, डाइलग डेलिभरी राम्रो लाग्यो, समग्रमा फिल्म राम्रो लाग्यो।
जुलाई २९, २०१८ राजधानीको क्यूज हलमा फिल्म हेर्न पुगेकी कलाकार बसुन्धारा भुसालले चिँ मुसी चिँ एकपटक हेर्नैपर्ने फिल्म बनेको बताइन् । कलाकारको अभिनय, कथावस्तु र निर्देशकको काम अब्बल छ। हाम्रै समाजको कथा फिल्मले बोल्छ । धेरैपछि एउटा असल फिल्म हेर्न पाएँ खुसी छु।
नयाँ अभिनेता सुनिल क्षेत्रीको कामको राम्रो प्रशंसा भएको छ। अभिनेत्री अलिशा शर्माले राम्रो सम्भावना देखाएकी छिन्। उनको अभिनय र डाइलग डेलिभरीलाई दर्शकले औधि रुचाएका छन्। यी दुवैको यो फिल्म डेब्यु हो ।
निर्देशक दिनेश श्रेष्ठ भन्छन्: दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया भन्दा हाम्रो लागि अरु सफलता के नै हुन्छ र ? फिल्म हेर्नुभएका दर्शकले राम्रो भन्नुभएको छ। हामी खुसी छौं । त्यसै गरि फिल्ममा निर्देशक श्रेष्ठको काम परिपक्क देखिन्छ भन्छन अन्य दर्शकहरु। यसअघि श्रेष्ठले सकुन्तला लगायतका केहि फिल्म निर्देशन गरेका थिए।
यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ हुन्। यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन्। चिँ मुसी चिँ’ मा सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु