-नेपाली कांग्रेसले सबै स्थानिय तहमा घरघर जाऔं कांग्रेस जिताऔंं कार्यक्रम गर्ने

नेपाली कांग्रेसले स्थानिय तहमा घरघर जाऔं कांग्रेस जिताऔंं कार्यक्रम गर्ने

Hollywood Khabar March 08,2022 Comments

नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । घरघर जाऔं, कांग्रेस जिताऔंं नाम दिइएको अभियान सञ्चालन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि समेत खटाउने भएको छ ।

मंगलबार सानेपामा बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न प्रतिनिधिलाई निर्देशन दिएको नेता मोहन बस्नेतले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आजै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको हो। केन्द्रीय सदस्यहरूलाई जिल्ला नै तोकेर केन्द्रीय प्रतिनिधि खटाइने कांग्रेसले जानकारी दिएको छ । सरकारले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ ।