केदार दाहाल, ललितपुर, आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन्।
कांग्रेसले आज गोदावरी नगरपालिका वडा नम्बर एकको गोदामचौर, दमैटार लगायतका विभिन्न टोलमा धिमे बाजागाजासहित घरदैलो चुनावी अभियान सुरु गरेको हो।गोदावरी नगरपालिकाका मेयरका उम्मेदवार गजेन्द्र महर्जन, उपमेयरका उम्मेदवार मुना अधिकारी, वडा अध्यक्षका उम्मेद्वार श्रीराज थापा लगायतका उम्मेदवारहरुको सहित चुनावी घरदैलोमा उपस्थित भएका हुन्।
प्रचार प्रसार एवं घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा समेत सहभागी भएका छन्। कांग्रेसले घरदैलो अभियान सुरु गरेसंगै गोदावरीमा चुनावी माहोल तातिएको छ। नेपाली कांग्रेस गोदावरी कार्यसमितिले गोदावरी नगरपालिकाका नगर प्रमुख र उपप्रमुख उमेदवारहरु को घरदैलो कार्यक्रमको तालिका बनाएर प्रचार अभियान सुरु गरेको छ।
तालिकाअनुसार
- वैशाख १८ गते - वडा नं १ गोदामचौर बिहान ७:००
- बैशाख १८ गते - वडा नं २ विशंखुनारायण दिउँसो ४:००
- बैशाख १९ गते - वडा नं ७ देविचौर बिहान ७:००
- बैशाख १९ गते - वडा नं ८ डुकुछाप दिउँसो ४:००
- बैशाख २० गते - वडा नं ३ गोदावरी बिहान ७:००
- बैशाख २० गते - वडा नं १३ झरुवारासी दिउँसो ४:००
- बैशाख २१ गते - वडा नं ४ बडिखेल बिहान ७:००
- बैशाख २२ गते - वडा नं ९ छम्पी बिहान ७:००
- बैशाख २३ गते - वडा नं १४ बाँडेगाउ, ठैब बिहान ७:००
- बैशाख २४ गते - वडा नं ५ लेले बिहान ७:००
- बैशाख २४ गते - वडा नं ६ टिकाभैरब दिउँसो ४:००
- बैशाख २५ गते - वडा नं १० टाखेल, बिहान ७:००
- बैशाख २६ गते - वडा नं ११ चापागाउँ बिहान ७:००
- बैशाख २७ गते - वडा नं १२ थेचो बिहान ७:००
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु