-कांग्रेसको १० ठुला शहरमा चुनावी सभा, विराटनगरमा सुरु डडेल्धुरामा अन्त्य

कांग्रेसको १० ठुला शहरमा चुनावी सभा, विराटनगरमा सुरु डडेल्धुरामा अन्त्य

Hollywood Khabar May 03,2022 Comments

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सातै प्रदेशमा निर्वाचन खुला सभा आयोजना गर्ने तय गरेको छ। सभामा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस्ता सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

  • वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने छन्।
  • यसैगरी वैशाख २२ गते चितवन (भरतपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना लगायत वक्ता तय गरिएको छ।
  • वैशाख २३ गते काठमाडौँमा हुने सभामा सभापति देउवा, नेता पौडेल लगायत वक्ताहरू रहनेछन।
  • वैशाख २४ गते रुपन्देही (बुटवल) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापा रहेका छन्।
  • वैशाख २४ गते तनहुँ (दमौली) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महत लगायत अन्य वक्ताहरू रहनेछन्।
  • वैशाख २४ गते धनुषा (जनकपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादव रहनेछन।
  • वैशाख २५ गते कास्की (पोखरा) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार रहेका छन्।
  • वैशाख २५ गते दाङ (तुलसीपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौर लगायत अन्य वक्ताहरू रहेका छन्।
  • वैशाख २६ गते कैलाली (धनगढी) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुर रहेका छन्।
  • वैशाख २७ गते डडेल्धुरामा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डे लगायत अन्य वक्ताहरू निर्धारण गरिएको छ।