नेपाल सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा फिर्ता लिएसँगै अर्को नयाँ बिधेयक पनि दर्ता गरेको छ। यो ऐनमा गैरआवासीय नेपाली नागरिकता पनि जोडिएको छ।
टेबल गरिएको नेपाल नागरिकता ऐन संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुलाई पनि वंशजको आधारमा नागरिकता दिने ब्यबस्था रहेको छ। यसमा बैबाहिक, अंगिकृत र अन्य नागरिकता सँगै गैरआवासीय नेपाली नागरिकता पनि जोडिएर आएको छ।
नेपाली मुलका बिदेशीहरु अर्थात गैरआवासीय नेपालीहरुलाइ नेपालको संबिधानमा ब्यबस्था भए अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता दिने ब्यबस्था विधेयकमा छ। यसमा केहि कठिनाइ, चौथो पुस्ता पछिका समस्या, केहि रेकर्ड संबन्धि अल्पकालीन ब्यबस्था, केहि सुधारका कुरा बाँकी भएता पनि धेरै कुराको बाटो यसले खोल्ने हुनाले तत्काल यसलाई स्वागत गर्नु नै उपयुक्त देखिन्छ।
बिगत ७ बर्ष देखि रोकिएको यो बिधेयकले बल्ल आएर सफलता पाउने भएको छ। यसमा नागरिकता ऐन २०६३ को दफा ५ मा भएको अंगीकृत नागरिकता सम्बन्धी व्यवस्थामा संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले तत्काल अगीकृत नागरिकता पाउने ब्यबस्ता रहेको छ।
बाँकी कुरा तलको लिंकबाट हेरौं:
https://www.icloud.com/iclouddrive/0f4E6ir5YqzEEmwkl1RfwPneg
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु