नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि निःशुल्क सिम कार्ड, एक महिनासम्म निःशुल्क कल र डाटा सेवा दिने भएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
सिम लिइसकेपछि *1600# डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । स्टुडेन्ट रजिस्ट्रेशन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न, १० वटा एसएमएस पठाउन र एक सय एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
यसअनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, तीन सय मिनेट कुराकानी र तीन सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुनेछ । यस प्याकमा ५० रुपैयाँ र त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु