भोला लामिछाने/यूरोप
नेपाली टेलिभिजन इतिहासमा सर्वा्धिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा नेशन पुनको चर्चा चुलीदै गएको छ। टप ८ भित्र स्थान बनाउन सफल भएपछि पुख्यौली घर म्याग्दी भएका हाल पोखरामा बस्दै आएका पुनको चर्चा चुलीएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगरले जन्मभूमि म्याग्दीलाई चिनाउने गरी सांगितिक यात्रालाई अगाडी बढाउने पनी बताएका छन् । आफ्नो जिल्लालाई सांगितिक क्षेत्रमा चिनाउन प्रतिबद्ध रहेका उनलाई नेपालीहरूको पुरै साथ पाउने बताएका छन्।
नेपाल आइडलमा नेशन जिताउ अभियानको संयोजक नारायण पुनले पोखरा ठेगाना लेखिएपनि उत्तरी म्याग्दीको चित्रमा पर्यटन ब्यवसायका साथै बुबाले लामो समयसम्म चालकमा म्याग्दीका ग्रामिण सडकमा यात्रु बोक्ने काम गरेको बताउँदै आयोजकसँग अनुमति लिएर म्याग्दीलाई समेत प्रयोगितामै जोड्ने बताए।‘पढाईका लागी पोखरा बसेको कारण भ्रम परेको हुनसक्छ,‘हामीले म्याग्देली भएकै कारण अभियानमा जुटेका छौ’ पुनले भने । उनले अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको धेरै सक्रियता रहेको बताए ।
उनले आफ्नो जिल्लाको नाम आउनुपर्ने सामाजिक सञ्जालमा ब्यक्त भएका भावनाले थप उत्साहित भएको बताउँदै सांगीतिक क्षेत्रमा म्याग्देलीको शीर उच्च बनाउने गरी नै भविस्यमा नेशनकै उपस्थितिमा म्याग्दीमा कार्यक्रम गरिने बताउदै बेल्जीयम निवासी मगर संघ का अध्यक्ष लोक राना तथा स्पेन बार्सिलोना निवासी हाम्रो नेपाल हामी नेपाली संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री ले विश्वंभर छरिएर रहेका नेपाली दाजुभाई दिदीबहिनी हरू लाई भोट गरेर जिताउन अनुरोध गरेका छन् ।
नेशन पोखराको मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत छन् । उनलाई सोमबार विहान १२ बजेसम्म भोटिङ गर्न सकिन्छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु