उपत्यका बाहिर पहिलो पटक तनहुँमा सेनाको पेट्रोलपम्प संचालन

Hollywood Khabar January 17,2017 Comments

उपत्यका बाहिर पहिलो पटक  तनहुँमा  सेनाको पेट्रोलपम्प संचालन 

नेपाली सेनाको सैनिक कल्याणकारी योजना निर्देशनालयले तनहुँको खैरेनीटारमा पेट्रोलपम्प निर्माण गरेको छ । गत वर्ष भारतीय नाकाबन्दीका समय पेट्रोल हाहाकार हुँदा सेनाले काठमाडौ बाहिर समेत पेट्रोलपम्प खोल्ने निर्णय गरेअनुरूप खैरेनीटारमा पेट्रोलपम्प रिपुमर्दिनी पेट्रोलपम्प संचालनमा ल्याएको हो ।

सेनाको हाल काठमाडौमा दुई वटा पेट्रोलपम्प संचालनमा रहेको छ ।खैरेनीमा रहेको श्री नं ३ बाहिनी अड्डा परिसरमा निर्माण गरिएको स्टेशनको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटनगर्नुभएको थियो।