नयाँ बर्षको पूर्व सन्ध्यामा

Hollywood Khabar April 12,2017 Comments

-इशानी
यस बर्ष सङ्गै हिडेका पाइलाहरुले 
एक सींढी फेरि उक्लिए
त्यहि अनकण्टार अन्धाधुन्द जीवन जीउने क्रममा
मैले आफना सारा जीवनका खुशीहरु
यौवनका मिठा अनुभुतिहरु
मातृवात्सल्यले ओतपोत हुदै
तीनै मेरा आँखाका नानीहरु सङ्ग रमाउँदै गर्दा
विलीन भएको पत्तै पाईन
चोट र दुखाई महसुस गरि साध्य नहुदानि
क्रुर यातनाका काला क्षणहरु 
भो अब सम्झन चाहान्न म 
म जीवनलाई नयाँ शिराबाट जिउँदै छु अचेल
यो साल भाग्यले जे दियौ
मैले जे पाएँ सायद त्यसैमा
तिमीसङ्गको हातेमालोमा रङ्गिदै 
तिम्रैसङ्गै सुखदुख खुशी र सन्तुष्टिहरु साट्दै
हाँस्दै रमाउँदै जीवनलाई अनुभुति गर्दै जिउँदैछु
त्यहि समयले दिएको खुशी तिम्रो मनले महसुस गर्दै
संसार तिम्रो आँखाले नियाल्दै
जीवन के हो जीवन जिउने कला के हो
मन्थन गर्दै त्यसलाई आत्मसात गरेर 
म जीवन खुशी खुशी जिइरहेछु
यो साल पाएका यी खुशीहरु
आज संसारसङ्ग खुशी बाँड्दै
एउटा प्रण गरौं शुभ कामना भनौं
नयाँ बर्ष २०७४ को पूर्व सन्ध्यामा
सुखशान्ति,समृद्दिका लागि  
शुभ कामना कै रुपमा भए पनि।