-अमृता थापा, मिल्वाकी विस्कान्सिन, अमेरिका, मार्च १३, २०२३
अहो मत हराई रहेछु
अस्तित्व खोज्दै कराइरहेछु
मडारीएको बादल भित्र आवज आउछ कि भनि डराइ रहेछु ।
छोरी तिमी ठुली भयौ कुलको इज्जत धान्नु
तिमी मेरी श्रीमति हौ मैले भनेको मान्नु
बुहारी घर यो तिम्रो हो यसलाइ आफ्नै ठान्नु
बस यसै बिच हराइ रहेछु
नारी अस्तित्व खौज्दै कराइ रहेछु ॥
आमा तिमी राम्रो भए हामी राम्रो हुने थियौ
आमा तिमीले सिकाएको भए हामी सक्षम हुने थियौ
आमा तिमीले अर्हाएकोभए हामी दक्ष हुने थियौ
बस यहि दोशै दोष भित्र हराइ रहेछु
नारी अस्तित्व खोज्दै कराई रहेछु ॥
नारी अधिकार भन्छौ तिमी
आज सम्म मैले आफ्नो अस्तित्व भेटेकी छैन
आफ्ना हरु को बीचमा आत्मसम्मान भेटेकी छैन
सानो कदरको शब्द भटेकी छैन
बस रुमली रहेको छु
अन्तर आत्माको चित्कार संगै
अस्तित्व खोज्दै कराईरहेछु
हरेक नारी दिबस संगै
नारी अस्तित्व खोज्दै कराइ रहेको छु ॥
********************
अमृता थापाका अरु कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु