-अर्थमन्त्री शर्मा र एनआरएनए टोलीबीच भेटघाट, बधाई र साथमा महत्वपूर्ण छलफल

अर्थमन्त्री शर्मा र एनआरएनए टोलीबीच भेटघाट, बधाई र साथमा महत्वपूर्ण छलफल

Hollywood Khabar August 02,2022 Comments

नेपाल सरकारको अर्थमन्त्रीमा पुन:नियुक्त भएकोमा जनार्दन शर्मालाई गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा गएको टोलीले बधाई दिनुका साथै केहि महत्वपूर्ण बिषयमा छलफल गरेको छ।

अगष्ट २, २०२२ मंगलबार संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको महासचिव जानकी गुरुङ, युरोप संयोजक उल्का घिमिरे समेतको टोलीले अर्थमन्त्री शर्मालाई भेटेर बधाई दिएको थियो। सो अवसरमा शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि एनआरएनएको टोलीले आफैंले बनाएको बजेट सफलतापूर्वक कार्यान्वयन गर्न सुझाव समेत दिएको छ।

हामीले सरकारले ल्याएको बजेटको स्वागत गरिसकेका छौं। बजेटले गैरआवासीय नेपालीलाई उत्साहित बनाएको छ। यसको सफल कार्यान्वयनम होस् भन्ने संघको सुझाव सहित अनुरोध छ, अध्यक्ष कुँवरले बताउनु भयो। यो बर्षको नेपालको बजेटले परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई आत्मनिर्भरतिर डोर्याउने विश्वास आफूहरुको रहेको बताउनुभयो।

खासगरी यो बजेट विदेशमा विदेशीलाई दुई करोड सम्म लगानी गर्न पाउने कुरा समेटिनु सकारात्मक कुरा हो। यसबाट विदेशी लगानी बढ्न अपेक्षा गर्न सकिछ। विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी दुवैको लागि पनि यो बजेट मैत्रीपूर्वक छ। उनीहरुलाइ नेपालमा लगानी गर्ने वातावरण बनाउन अझै थप ऐन-कानुन समेत परिमार्जन संघको माग रहेको छ। वैदेशिक लगानी भित्र्याउन वानडोर नीति आवश्यक भएको कुरा समेत स्मरण गराएको बताउनु भयो।

स्मरणीय कुरा मन्त्री शर्मा गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि हुनुहुन्थ्यो। सो समय उहाँले जे जस्तो सुकै कुरा भएता पनि यो शेष घलेजीको नेत्रित्वमा आयोजना गरिएको महाधिवेशन नै सहि रहेको र सफल हुने शुभकामना दिनु भएको थियो।