-एमके पौडेलको “तिम्रो मेरो साथ” प्रदर्शन हुँदै, नयाँ मोडमा इण्डिङ्ग

एमके पौडेलको “तिम्रो मेरो साथ” प्रदर्शन हुँदै, नयाँ मोडमा इण्डिङ्ग

Hollywood Khabar January 05,2023 Comments

कृष्ण के सी, अमेरिका, जनवरी ५, २०२३

चाहिने कुरा कथै रैछ, बुझ्नुपर्ने बेथै रैछ। बेथालाइ कथा बनाएर कलात्मक रुपमा दिइने प्रस्तुति, केहि रमाइलो र केहि गीतसंगीत मिसाएर जिवन्त रुपले क्यामेरामा जोडीदिंदा दक्षिण एशीयाली क्षेत्रका फिल्म बन्छन। हामीले सिकेको क्लासिक फिल्मको सुत्र फ्रेम यस्तै हो।

सानो कुरालाई कथामा तन्काउनु, धर्म, संस्कृति, भाषा र कलालाइ जोड्नुपर्छ। त्यसलाई पटकथाले सिंगारेर उत्सुक बनाएर व्यवसायिक रुपमा संपादन गर्नुपर्छ। ग्लामरलाइ भद्दा भन्दा कलात्मक रुपमा सुन्दर बनाएर क्याप्चर गर्नुपर्छ। प्रकृतिले दिएको सुन्दरतालाइ सबैको स्क्रिनशटमा पटक-पटक जुम गर्दै आँखा तन्काएर हेर्नेगरि पस्कनुपर्छ। यथार्थलाइ केहि कला थपेर दर्शकको सोचलाइ बुझेर फिल्म बनाउँदा दर्शक सबैले आफूलाई नै नायक र नायिका संझन्छन।

नायक भनेको व्यक्ति होइन एउटा सोचिएको या कल्पना गरिएको पात्र हो। हामी सबै नायकीपनाको कल्पना गर्छौं। हरेक मान्छेको कल्पना कहिल्यै पनि हार्दैन अर्थात नायक हार्दैन। त्यसैले नायकले जस्तो भूमिकाले जिते पनि दर्शकलाइ पट्यार होइन पत्यार लाग्छ। यो रमेश एमके पौडेलको आफ्नै सोचको बिशेषता हो।

सेप्टेम्बर १८, २०१८ मा एक सफल यूवा व्यवसायी, फिल्म निर्माता, निर्देशक रमेश एमके पौडेलसँग छोटो कुरा भएको थियो। उनले आरजे भिजे हुँदै फिल्म निर्माता, निर्देशक सम्म पुगेको कुरा बताउँथे। यस्तै कुरा समेटेर त्यो बेला उनका बारे मेरो साइटमा एउटा परिचयात्मक कुरा पोष्ट गरेको थिएँ।

संयोग नै मान्नुपर्छ उनीसंग जनवरी ४, २०२३ मा करिब ५ बर्षपछि फेसबुकमा कुरा हुन पुग्यो। यो पटक उनले अर्को नेपाली फिल्म “तिम्रो मेरो साथ” बनाएको बताए। पौडेलले राजा रानी र रुद्रप्रिया जस्ता फिल्म बनाएर राम्रो सफलता पाएको इतिहास जिवितै छ। रुद्रप्रियाको गीत त अझै चर्चामा छ।

रमेश एमके पौडेल नेपाली फिल्मको माध्यमबाट नेपाली भाषा, साहित्य र कलाको बिस्तारमा समेत लागि परेका छन्। उनि नेपाल र केहि अन्य देशमा मात्र होइन अमेरिकाको थुप्रै शहरमा पुगिसकेका छन्।

त्यो भन्दा पनि रमाइलो कुरा त पौडेल कुनै समय क्लासिक एफएममा गजल बाचन गर्दथे। त्यो समय उनी समवेदनाको नामबाट चिनिन्थे। तिनै समवेदना पौडेलले मोफसलमा पहिलो पटक विरगंजबाट प्रसारण हुने तराई टिभी पनि सञ्चालन गरेका थिए।

यतिमात्र होइन पौडेलले २०१८ अगावै नेपालमा पहिलो पटक डिसहोम र सिमटिभी जस्ता लेटेष्ट टेक्नोलोजीमा आधारित रहेर चलिरहेका ब्रोडकास्टिङ च्यानलहरुको पनि सुरुवात गरेको बताउथे। उनले हालसम्म करिब दर्जन जति नेपाली फिल्मको निर्माता भएर लगानी गरिसकेका छन्। यसपटक उनले “तिम्रो मेरो साथ” को निर्माता मात्र होइन निर्देशक नै भएर काम गरेका छन्।

तिम्रो मेरो साथको प्रचार-प्रसारमा उनले थुप्रै बिधि अपनाएका छन्। कतिपय मिडियाले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज गज्जब देखियो भनेर लेखेका छन्। नायक पुष्प खड्कालाई उसै पनि दर्शकले मन पराएका छन्। पुष्प र साम्राज्ञीको साथमा कलाकार सन्दीप क्षेत्री लगायतका चिनिएका र चलेका अनुहार पनि छन्।

निर्माता तथा निर्देशक पौडेलले छोटो कुराकानीमा भने, यो म आफैं निर्माता निर्देशक रहेको “तिम्रो मेरो साथ” नेपाली फिल्म हो। यसमा प्रेम, मनोरंजन, उत्सुकता, जिज्ञासा, सिटी र ताली मात्र होइन दर्शकलाइ बेचैन र थकथकी पनि दिने ठाउँ छ। पहिलो पटक सबै दर्शकले आफैंलाइ कथाकार र निर्देशकको रुपमा दावी सम्म गर्छन। **मैले बनाएको भए ?** तर त्यो कसरी भन्ने कुरा चाहिं फिल्म चलेपछि आफैं थाहाहुन्छ, पैडेलले जिकिर गरे।

रमेश एमके पौडेलबारे

RJ-VJ, गजल बाचन देखि सफल फिल्म निर्माता सम्मको यात्रामा एम के पौडेल