महतो-लामिछाने समूहलाइ उच्च अदालत पाटनबाट उत्प्रेषण परमादेश जारी

Hollywood Khabar March 29,2023 Comments

गैरआवासीय नेपाली संघको उपेन्द्र महतो र जिबा लामिछानेको समूह बिरुद्ध एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका छन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले गत मार्च २०२२ मा उपेन्द्र महतो र जिबा लामिछानेको प्रलोभनमा गैरआवासीय नेपाली संघलाइ आधिकारिकबाट फुटाएर अर्को समुहा बनाएका थिए। 

स्मरणीय कुरा महामन्त्री थापा र कान्तिपुरका कैलाश सिरोहियाले जिबा लामिछानेसंग जर्मनीमा ब्यबसाय गरेका छन्। नेपालको करोडौं पैसा जर्मनी बैध-अबैध कसरी पुग्यो त्यो भने नेपाल सरकारले खोजोस।

सोहि समूहका किर्ते प्रमाणित भएका निवर्तमान महासचिव बेलायतकै हेमराज शर्माको तिकडममा बेलायतका निर्वाचित अध्यक्ष गाहामगरलाइ पदबाट वर्खास्त गरिएको भन्दै पत्र पठाएका थिए। यति मात्र होइन उनीहरुले संघको खाताबाट अबैधि रुपमा ४० हजार पाउण्ड भन्दा धेरै रकम नेपाल पुर्याएका छन्।

यिनै बिषयहरु जोडेर अध्यक्ष गाहामगरले कुल आचार्य, रबिना थापा, बद्री केसी, डा केशव पौडेल, गौरीराज जोशी सहति सम्पूर्ण टोली बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएको कुरा प्रमाण सहित पठाएका छन्। उनले अबैध पत्र पठाएको, मानहानी र बेलायतको नेपाली समुदाय विभाजित गरेको भनि गत ५ मार्चमा नेपाल आएर अदालतमा मुद्धा दर्ता गराएका हुन्।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रामेस्वर न्यौपाने र रोशनी पौडेलले वहस गरेपछि उच्च अदालत पाटनले गत फागुन २३ मा विपक्षीका नाममा उत्प्रेषण परमादेश जारी गर्दै निवेदक गाहामगरको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने ? जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत राखी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।