-ललितपुर कांग्रेसद्वार बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रमको आयोजना

ललितपुर कांग्रेसद्वार बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रमको आयोजना

Hollywood Khabar June 03,2022 Comments

नेपाली कांग्रेस पार्टीको ललितपुर जिल्लाले स्थानीय निर्वाचनमा निर्वाचित, उम्मेदवार, सहयोगी, समर्थक, नेता र कार्यकर्ता सबैको उपस्थितिमा बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रमको आयोजना गरेको छ।

जेस्ठ २२, २०७९ आइतबार बेरी ब्याङ्केटस, सातदोबाटोमा दिनको १ बजे देखि सुरु हुने उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति तथा स्थानीय तह निर्वाचन २०७९ परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का रहेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु उदय शम्शेर राणा, जितजंग बस्नेत, मदनबहादुर अमात्यका साथमा प्रदेश र जिल्ला नेताहरुको समेत सम्बोधन रहने बताइएको छ।