-कुमराघाट बर्दियामा कुमराघाट सांस्कृतिक माघ मेला २०७८ हुँदै

कुमराघाट बर्दियामा कुमराघाट सांस्कृतिक माघ मेला २०७८ हुँदै

Hollywood Khabar January 07,2022 Comments

दुखी जनावरको सेवा गर्नु विवेकशील मानवको पहिचान हो, सामुदायिक कुकुरलाई रेबिज खोप र बन्ध्याकरण गर्नु हामी सबैको अभियान हो। यसै उद्देश्यका साथ मधुवन नगर पालिका कुमराघाट, बर्दियामा कुमराघाट सांस्कृतिक माघ मेला २०७८ को आयोजना हुने भएकोछ।

आफा नेपालको आयोजना तथा तुला राजवंशीको संयोजकत्वमा सम्पन्न हुने मेलामा थारु मौलिक नाच, झाकि संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ भने थारु मौलिक परिकारहरु समेत उपलब्ध हुनेछ।

मेलामा श्रीनिवास, समिक्षा, बसन्ती, अन्नु, सोनु, अन्जु कुश्मी, आरके थारु, दोषहरण, खेम, उमेश मुस्कान, नरेश, सुनिता दहित, दर्पण कुशुम्हिया, श्रीदेवी, अनुप बुढा, संजिव लगायत विभिन्न कलाकारहरुको उपस्थिति रहनेछ।

संयोजक राजवंशीका अनुसार मेला पौष ३० गते देखि माघ ३ गते सम्म रहनेछ भने मेलामा उठेको सबै रकम दुखी जनावरहरुलाई रेबिज खोप र बन्ध्याकरणको लागि खर्च गरिनेछ।